कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।
वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट पृथ्वीमा गङ्गा अवतरण गराइएकाले यस दिनलाई गङ्गोत्पत्ति पर्वका रुपमा मनाउन थालिएको हो । स्वर्गबाट गङ्गा अवतरण गराउने क्रममा पृथ्वी भासिने डरले महादेवले आफ्नो जटामा थापेको पौराणिक मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
गङ्गा नदी सागरमा मिसिएपछि यसको नाम गङ्गासागर हुन्छ । राजा भगीरथले ठूलो प्रयत्न गरेर गङ्गालाई पृथ्वीमा अवतरण गराएकाले भागीरथी नामले पनि गङ्गालाई पुकारिन्छ ।
गङ्गा सप्तमीसँग सम्बन्धित नभए पनि यस दिनलाई बीचमा पारी वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म बागमतीको कटुवाल दहबाट वाग्द्वारसम्म गरिने बागमती तीर्थ यात्रा यसवर्ष पनि स्थगित गरिएको पशुपतिनाथ आगमघरका पुजारी महेश भट्टले बताए ।
आगमघरका मूल पुजारी मदन भट्ट बिरामी परेको र उनले नदी किनारका मसानघाटमा गरिने साधनासम्बन्धी दीक्षा अरु कसैलाई नदिएकाले यस वर्ष पनि हाललाई वाग्मती तीर्थयात्रा स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विसं २०७७ र २०७८ मा पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो ।
नदीको पूजा आराधनाको विधि भने गरिने जनाइएको छ । तीर्थयात्रा स्थगित गरिए पनि वाग्मतीको आराधना एवं पूजा गर्ने विधिलाई भने यथावत् रुपमा निरन्तरता दिइएको उनले बताए । वाग्मती जस्तै विभिन्न स्थानमा रहेका नारायणी, गण्डकी, कोशी, कर्णाली, त्रिशूली, इन्द्रावती, सुनकोशीलगायत नदीमा पनि पूजाआराधना गरी गङ्गा सप्तमी पर्व मनाइन्छ ।
वैदिक सनातन धर्मावलम्बीले गङ्गालाई पवित्र तीर्थस्थलका रुपमा पू्जा आराधना गर्छन् । हरेक नदी, पोखरी, ताल, तलाउमा रहेको पानीलाई गङ्गाकै रुपमा मानी प्रत्येक दिन बिहान ‘गङ्गे च यमुने चैव गोदावरी सरस्वती’ मन्त्रले गङ्गा आदि नदीको प्रार्थनासहित स्नान गर्ने सनातन धर्म शास्त्रीय विधि छ ।
मनाइँदै रवि सप्तमी
आइतवार सप्तमी तिथि परेका दिन गरिने भगवान् सूर्यको विशेष पूजा आराधना पनि आज गरिँदै छ । विशेषगरी आइतबारको व्रत बस्नेले मध्याह्नकालमा भगवान् सूर्यको विशेष पूजा आराधना गर्छन् । पूजा आराधनापछि सूर्यको १०८ वा १००८ नामको स्तोत्र पाठसमेत गर्ने परम्परा छ ।
आइतवारको व्रत गर्नेले दिनभर नै नून नखाने व्रतविधि रहेको पनि धर्मशास्त्रविद् गौतमले सुनाए । रवि सप्तमीको योग भने बेला बेलामा परिरहेको हुन्छ । रासस
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...