×

NMB BANK
NIC ASIA

ऊर्जामन्त्रीसँग जापानका राजदूतको शिष्टाचार भेट, जापानको नेपाल नीति हस्तान्तरण

बैशाख २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता याताकाले शिष्टाचार भेट गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयमा सोमवार भएको भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा संकट समाधानका लागि महत्त्वपूर्ण रहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘कुलेखानी जस्तै अन्य जलाशययुक्त आयोजनामा जापानको सहयोग रहने विश्वास लिएको छु ।’ 

Vianet communication
Laxmi Bank

ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले महत्त्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको जापान सरकारले आगामी दिनमा ऊर्जा सुरक्षामा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

भौगोलिक विविधता र अव्यवस्थित मानव बसोबासका कारण देशका सबै नागरिकलाई स्वच्छ पानी पुर्‍याउन समस्या भएको बताउँदै मन्त्री भुसालले भूकम्प र जलवायु परिवर्तनको असरका कारण मानव बस्ती नजिकको पानीको मुहान सुक्दै गएको बताए । हरेक नेपालीलाई स्वच्छ खानेपानी र गुणस्तरीय ऊर्जा पुर्‍याउन सरकार लागिपरेको उल्लेख गर्दै उनले त्यस्ता कार्यक्रम सफल तुल्याउन जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत किकुताले परिमार्जित ‘जापानको नेपाल नीति’ हस्तान्तरण गरे । सन् २०१५ मा भूकम्प गएपछि पुनः निर्माणमा केन्द्रित गरेको जापानको नीति आगामी दिनमा ऊर्जा विकासमा लक्षित रहने उनले जानकारी गराए ।

राजदूत किकुताले कुलेखानी जलविद्युत् आयोजना निर्माणमा जापानले सहयोग गरेको र तनहुँ हाइड्रोमा पनि सहयोग गरिरहेको जानकारी गराए । उनले गत अप्रिलमा जापानको कुमामोतो शहरमा सम्पन्न चौथो एसिया–प्रशान्त क्षेत्रीय पानी सम्मेलनलाई ‘भर्चुअयल’ विधिमार्फत सम्बोधन गरेकोमा मन्त्री भुसाललाई धन्यवाद व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x