जेठ ११, २०७९
नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यस वर्ष पनि सञ्चालन गरिने भएको छ । विगतदेखि नै सञ्चालन हुँदै आएको मसाज क्याम्प यसपटक पनि नवरत्नले आयोजना गर्ने भएको हो । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखर...
८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैंमा युनिक छ, र यसले आफ्ना विश्वभरिका उपभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराएजस्तै स्वाद दिदैं आएको छ ।
कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपाल मा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।
नेपाली उपभोक्ताहरुसंगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबि बोतलमा रु.२५ मा उपलब्ध रहेको थियो। नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ।
कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सन्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सन्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।
आफ्नो “ वर्ल्ड विदाउट वेष्ट“ को विश्व–व्यापी उद्धेश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रकृयामा प्लास्टिकको प्रयोग कम गर्दै आएको छ। साथै रिड्युस्, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानी कम गर्ने रणनितिको सफल कार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ।
त्यस्तै , आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्य सहित यसले सक्षम थिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरु सन्चालन गर्दै आएका १००० जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यस वर्ष पनि सञ्चालन गरिने भएको छ । विगतदेखि नै सञ्चालन हुँदै आएको मसाज क्याम्प यसपटक पनि नवरत्नले आयोजना गर्ने भएको हो । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखर...
नेपालका लागि बिवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डरमा वरिष्ठ कलाकार हरिवंश आचार्यलाई नियुक्त गरेको छ । नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्न दुवै प...
चांगन अटोले चाइनिज ब्राण्ड मध्यको पहिलो स्थान कायमै राख्न सफल भएको छ । फेब्रुअरी २०२२ को तथ्याकं अनुसार चाइनाको १० उत्कृष्ट घरेलु अटोमोबाइल ब्राण्ड माझ चांगन पहिलो भएको थियो । यात्रु बाहक कार को बि...
आइएमई मोटर्स 'हाइएस्ट बिजनेस ग्रोथ' अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रवारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ ...
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रंो एक्सपिरियन्स जोनको शुरूआत गरेको छ । यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई...
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...