बैशाख २३, २०७९
युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् । बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् । शुक्रवार उनीहरूले ‘वाचा भयो&...
काठमाडाैं | बैशाख २८, २०७९
निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पार्न निर्माण टिमले मंगलवार साँझ लिरिकल भिडियो सार्वजनिक गरेको हो ।
रेशम सापकोटाको शब्द रहेको गीतमा राजु महर्जनले स्वर दिएका छन् भने गीतमा कुटुम्ब ब्याण्डको संगीत, योगेश काजीको संगीत कन्सेप्ट रहेको छ ।
भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ । गीतमा अभिनेता राजेशकै स्वरमा केही संवादहरू समेत समावेश गरिएको छ ।
राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल गीतको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।
चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह कारागार चलान भएपछि निर्माण टिम छायाङ्कनमा जान सकेको छैन । निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानबिन निष्कर्षमा नपुगेसम्म यो चलचित्रको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए ।
उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफू पछि नहटेको समेत स्पष्ट पारे । ‘हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो । सोही कारण यसको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं,’ निर्माता सापकोटाले भने, ‘चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’
निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने समेत बताए । उनले भने,‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’
प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा अभिनेता राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने निर्माण टिमले यसअघि नै जानकारी गराइसकेको छ ।
भिडियो
युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् । बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् । शुक्रवार उनीहरूले ‘वाचा भयो&...
सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । ...
शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रूचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को फ्रेन्चाइज हुने भएको छ । नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शोको उत्पा...
चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् । उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...
‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...