×

Nic Asia
Marvel

३२ प्रतिशतले बढ्यो आयात, व्यापार घाटा २८ प्रतिशत बढी

काठमाडाैं | बैशाख २८, २०७९

NTC
TVS INSIDE

चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । 


Advertisment
NMB BANK
Saurya island

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका  आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले  वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन  लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका  वस्तुको आयात घटेको छ ।  

Vianet communication
Maruti inside

निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने  सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।  

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई रु.१३०६ अर्ब ९ करोड  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको  थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको  छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १३९ अर्ब २८ करोड बराबरको भएको थियो । 
 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

नेपालमा लत्ताकपडादेखि भान्सामा प्रयोग हुने सामानसम्मका अधिकांश सामान आयातबाटै परिपूर्ति हुन्छ । नेपालीले आफ्ना छोराछोरी विदेश पठाउने र पैसा भित्र्याएर सामान किन्ने प्रवृत्ति बढिरहेको विषय संसद सदस्य गगन था...

जेठ ६, २०७९

आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकासको नाममा सांसदले गाउँमा बाड्ने पैसा नपाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा पैसा नछ...

जेठ ६, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवा...

जेठ ४, २०७९

कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...

जेठ ४, २०७९

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् ।  यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने ...

जेठ ४, २०७९

सरकारले आगामी आर्थिक वर्षको बजेट सबै समुदाय र महिला वर्गले महसुस गर्ने गरी आउनुपर्ने सुझाव संसद सदस्य पुष्पा भुसालले दिएकी छन् । बजेटका सिद्धान्त र प्राथमिकतालाई अझै सुन्दर बनाउने गरी बजेट आउनुपर्ने पनि उनको भन...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x