×

NMB BANK
NIC ASIA

चुनावी सुरक्षा

स्थानीय चुनाव : ४ जिल्लामा सुरक्षा चुनौती, 'हेभीवेट' नेताका ठाउँमा बढी जोखिम

बैशाख २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीले स्थानीय चुनावका बेला ४ जिल्लामा सुरक्षा चुनौती देखेको छ ।

Muktinath Bank

प्रहरीले ४ जिल्लामा सुरक्षाको हिसाब चुनौती देखेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सबैभन्दा धेरै रुकुमपूर्वमा चुनौती देखिएको छ भने तराईका जिल्लाहरू बारा, सिराहा, पर्सा लगायतमा चुनौती देखिएको छ । हिमाली जिल्ला डोल्पाको माथिल्लो भागमा चुनौती देखिएको केसीले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले उपत्यकामा भएका मतदान केन्द्रहरूमा शून्य चुनौती रहेको बताएको छ । त्यसबाहेक चितवन, पोखरा, विराटनगर महानगरपालिकामा चुनौती नदेखिएको एसएसपी केसीले बताए ।

Vianet communication
Laxmi Bank

‘उपत्यकामा त शून्य चुनौती छ । यहाँ निर्वाचनलाई लक्षित गरेर कुनै पनि घटना हुँदैनन् भन्ने हाम्रो विश्लेषण छ र अन्य जिल्लामा भएका महानगरहरूमा पनि त्यस्तो कुनै चुनौती देखिँदैन,’ उनले भने ।

स्थानीय तह निर्वाचनको मतदानका लागि मौन अवधि शुरू भइसकेको छ । मंगलवार र बुधवार पार्टी कार्यकर्ताबीच झडपका घटना आइरहेका छन् । सुरक्षाका हिसाबले अघिल्लो चुनावमा जस्तो घटनाहरू नहुने प्रहरीको अनुमान छ ।

प्रहरीले अहिलेको स्थानीय चुनावमा भूमिगत पार्टी र आपराधिक समूहहरू सक्रिय नभएकाले चुनावमा सुरक्षा थ्रेट नभएको बताउँदै आएको छ तर पनि १२ गते उम्मेदवारको मनोनयन दर्ता र १६ गतेको नामावली फिर्तापछि दलका उम्मेदवार र कार्यकर्ताहरू प्रचारप्रसारमा लागेपछि केही झडपका घटना भएका छन् । 

बुधवार एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेको आरोपमा उम्मेदवारसहित ३ जनालाई पक्राउ परेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी एमाले कार्यकर्ता जुनमाया बुढा (डुँसी बुढा) को अपहरणपछि हत्या गरेको आरोपमा निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले लोकान्तरलाई बताए ।

जिल्लाको पुथाउत्तरगंगा–११ टक्सेरामा चुनाव प्रचारप्रसारको क्रममा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको थियो । घटनामा टक्सेराकी ३९ वर्षीया जुनमायालाई माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको डीएसपी डाँगीले बताए । 

झडपपछि ३ जनाको अपहरण भएको भन्दै एमाले र ३ जना हराएको भन्दै माओवादीले पनि प्रहरीमा उजुरी दिएका थिए । उजुरीमा जुनमायाको अपहरण गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वमा निवेदन दिएका थिए । निवेदनपछि प्रहरीले खोजतलास गर्दा जुनमायाको शव टक्सेराबाट हिँडेर २ घण्टामा पुगिने दानव जंगलमा भेटिएको डीएसपी डाँगीले जानकारी दिए । 

‘गाउँमा चुनाव प्रचारका क्रममा दुवै पार्टीका कार्यकर्ताहरूबीच झडप भएको रहेछ,’ डीएसपी डाँगीले भने, ‘झडपपछि माओवादीले हाम्रा ३ जना नेता–कार्यकर्ताहरू हराए भनेर निवेदन दिए । एमालेले २ जना हराए भनेर निवेदन दिएका थिए । हराएकामध्ये ४ जना भोलिपल्ट (२० गते) साँझसम्म सम्पर्कमा आए, जुनमाया सम्पर्कमा आइनन् । त्यसपछि प्रहरीले खोजी अगाडि बढायो । खोजतलासको क्रममा २६ गते उनको हत्या गरिएको अवस्थामा शव जंगलमा भेटिएको हो ।’

यस्तै अर्को घटना, सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ मा दुवै पार्टीका कार्यकर्ताले एकआपसमा झगडा गर्दा ४ जना प्रहरी र २ जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर विष्टले बताए । उनका अनुसार साँझ भएको झडप नियन्त्रण गर्दा सामान्य घाइते भएका र प्राथमिक उपचारपछि निको भएर काममा फर्किसकेका छन् ।

गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हातहतियारसहित पक्राउ परेका छन् ।

बुधवार बिहान करीब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङलाई हतियारसहित प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार वैशाख ११ गतेदेखि १९२ वटा घटना भएका छन् । यसबीच निर्वाचनलाई लक्षित गरेर ६ वटा तालाबन्दी, ३ वटा चक्काजाम, १६ ठाउँमा तोडफोड, ६२ ठाउँमा २ पक्षीय झगडा, विवाद र कुटपिट, १६ ठाउँमा गठबन्धनको विरोध, ४ जना म्यादी प्रहरीको मृत्यु, २३ जना म्यादी प्रहरी घाइते, १९ जना प्रहरी घाइते र ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

यसबीचमा सुनसरीमा प्रचाप्रसारको क्रममा ट्रयाक्टर दुर्घटना हुँदा ८ वर्षीय आरुन मियाँको मृत्यु भएको थियो भने कपिलवस्तुमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार ५२ वर्षीया शुभावती कुर्मीको घरदैलो कार्यक्रम गरेर घर फर्केपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीआईपी र भीभीआईपीको गृहजिल्लामा चुनौती

चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन् । केही दिनअघि चुनावी आमसभालाई सम्बोधन गर्न डडेल्धुरा गएका उनी निर्वाचनमा मतदान गरेपछि मात्रै फर्किने भएका छन् ।

चुनावमा झडपका घटना आइरहेकाले प्रधानमन्त्री जिल्लामा भइरहँदा सुरक्षाका हिसाबले चुनौती देखिन्छ । उनकै गाउँपालिका गन्यापधुरामा कांग्रेसबाट फुटेर गएका कार्यकर्ता आवेगमा आउनसक्ने अनुमान गरिँदैछ । उसो त प्रधानमन्त्रीको सुरक्षामा राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको हुन्छ । 

उच्चस्तरीय नेताहरू भएको अर्काे जिल्ला हो रुपन्देही । गृह मन्त्रालय सम्हालेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड र पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि गृहजिल्लामै छन् । भारतीय सिमाना जोडिएको रुपन्देहीलाई पनि सुरक्षा चुनौतीका हिसाबले संवेदनशील जिल्ला मान्न सकिन्छ । विगतका निर्वाचनमा कार्यकर्ताबीच झडपका घटना भएका थिए । अहिले निर्वाचनको माहोलपछि पनि केही सानातिना घटना भएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता रहेको जिल्ला मोरङमा पनि निर्वाचनमा सुरक्षा चुनौती उत्तिकै देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा उनी निकट उम्मेदवार उठेपछि केही असन्तुष्टि भएकाले पनि चुनावमा केही घटना हुनसक्ने विश्लेषण गरिएको छ । तराईका जिल्लालाई चुनावी हिसाबले केही चुनौतीकै रूपमा हेरिन्छ ।

निर्वाचनमा ४ वटै सुरक्षा निकायका २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करीब ३ लाख कर्मचारी खटाइएको छ ।

देशभरका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये २ हजार ९४६ अतिसंवेदनशील र ४ हजार ४२३ केन्द्र संवेदनशीलको सूचीमा छन् । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल सुरक्षाका लागि ३ तहको सुरक्षा घेरा बनाइएको छ । सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । 

अतिसंवेदनशील मतदान स्थलमा ६ म्यादी, ५ प्रहरी गरी ११, संवेदनशीलमा ५ म्यादी ४ प्रहरी गरी ९ र अन्यमा ४ म्यादी, ३ प्रहरी गरी ७ सुरक्षाकर्मी परिचालन गरिएको छ । थप मद्दतका लागि हतियारसहित ९ देखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ ।

निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमान्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टर सहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ । अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा सशस्त्रलाई मतदान अवधिभर खटाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x