×

Nic Asia
Marvel

यी सेलिब्रेटी : कसले कहाँबाट गर्दैछन् मतदान ?

अमेरिकामा रहेका प्रकाश–केकी भन्छन् – आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला

काठमाडाैं | बैशाख २९, २०७९

NTC
TVS INSIDE

शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् ।

IME BANK INNEWS
morang Auto yamaha

सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान गर्दैछन् । कोही सेलिब्रेटीहरूले काठमाडौंमा नै मतदान गर्दैछन् भने कोहीले आफ्नो गृहजिल्लामा मतदान गर्नेछन् । मतदानका लागि थुप्रै सेलिब्रेटीहरू गृहजिल्ला पुगिसकेका छन् । कोही सेलिब्रेटीहरू भने निर्वाचनको समयमा कार्यक्रमको शिलशिलामा विदेश पुगेका छन् । 


Advertisment
NMB BANK
Saurya island

अभिनेता धिरेन शाक्य मतदान गर्नका लागि केहीदिन अघि नै गृहजिल्ला पाल्पा पुगिसकेका छन् । नेपाली चलचित्रमा कुनै समयका निकै चर्चित यी अभिनेताले तानसेन नगरपालिका –३ भगवती टोलबाट मतदान गर्दैछन् । मतदानका लागि धिरेन निकै उत्साहित समेत देखिन्छन् । ‘अब एक सातापछि मात्रै काठमाडौं फर्किनेछु,’ शाक्यले लोकान्तरसँग भने । 

अभिनेता दीपकराज गिरीले काठमाडौंबाट नै मतदान गर्नेछन् । उनले चन्द्रागिरी नगरपालिका–१, दहचोक थानकोटबाट मतदान गर्ने जानकारी दिए ।

Vianet communication
Maruti inside

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भने यसपटक मतदान नगर्ने भएकी छिन् । ‘छक्का पञ्जा’ फ्रेम्ड निर्देशक निरौलाको मतदाता नामावलीमा नाम विराटनगर महानगरपालिकामा छ । ‘विराटनगरबाट मतदान गर्नुपर्ने हो’ निरौलाले भनिन्, ‘जानका लागि तयारी पनि गरेको हो तर काम विशेषले जान पाइएन । त्यसैले यसपटक मतदान गर्न नपाउने भएँ ।’ 

गायक हेमन्त शर्मा मतदान गर्नका लागि केही दिनअघि नै परिवारसहित भैरहवा पुगिसकेका छन् । शर्माले सिद्धार्थनगर नगरपालिका –९ बाट मतदान गर्दैछन् । भानु माध्यमिक विद्यालय शर्माले मतदान गर्ने केन्द्र हो ।

उनी जितेपछि सघाउँछ भन्ने विश्वास लाग्ने उम्मेदवारलाई भोट हाल्नुपर्ने बताउँछन् । ‘आफ्नो टोल, वडा, गाउँ, नगरको दैनिक जीवनका, स–साना लाग्ने तर महत्वपूर्ण कुरामा सघाउँछ भन्ने विश्वास लाग्छ त्यो उम्मेदवारलाई भोट हाल्नुपर्छ, चाहे पार्टीकै हुन् चाहे स्वतन्त्र । पार्टीका पनि सबै उमेदवार खराब नहुन सक्छन्’ हेमन्त भन्छन् ।

मतदान गरेर सोमवार–मंगलवारतिर आफू काठमाडौं फर्किने शर्माले बताए ।

गायक प्रकाश सपूत भने केही दिनदेखि सांगीतिक कार्यक्रमका लागि अमेरिकामा छन् । सो कारण उनी स्थानीय तह निर्वाचनमा मतदानबाट बञ्चित हुने भएका छन् । उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै सबैलाई मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो मतको सदुपयोग हुने गरी मतदान गर्न पनि आग्रह गरेका छन् । उनी लेख्छन्,‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले मतदान प्रक्रियामा भाग लिनुहोला । साथै सोँच विचार गरेर आफ्नो मतको सही सदुपयोग हुने गरी मतदान गर्नुहोला ।’

प्रकाशले मत पाउनु मन जित्नु भएको बताउँदै आफू र आफ्ना सिर्जनाले अमेरिकामा बस्ने नेपालीहरूको मन जितेको रै‘छ भन्ने अनुभूती गरिरहेको समेत उल्लेख गरेका छन् । 

यता अभिनेत्री केकी अधिकारी पनि निर्वाचनको यो माहोलमा अमेरिकामा छिन् । टेलिभिजन रियालिटी शोमा भाग लिन अमेरिका पुगेकी उनले मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुखेको बताएकी छिन् ।

‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन्’ केकीले फेसबुकमा लेखेकी छिन्, ‘तपाईंहरूले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नु भएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला ।’

उनले शान्त, सुरक्षित अनि सु–ब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुन सकोस् भन्ने कामना समेत गरेकी छिन् ।

हास्य कलाकार एवं मोडल सागर लम्साल ‘बले’ले भने स्याङजाबाट मतदान गर्नेछन् । एक साताअघि नै स्याङजा पुगिसकेका उनले विरुवा गाउँपालिका –६ बाट मतदान गर्ने जानकारी दिए । मतदानका लागि आफू उत्साहित रहेको समेत सागरले बताए ।

मतदान पश्चात जेठको ३/४ गते आफू काठमाडौं फर्किने सागरले बताए ।

यस्तै, पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानले भने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकी छिन् । उनको मतदाता नामावलीमा नाम झापाको बिर्तामोडबाट छ ।

‘यस अगाडिको निर्वाचनमा मतदान गरेकी थिएँ’ काठमाडौंमा रहेकी उनले भनिन्, ‘यसपटक मतदान नगर्ने भएकी छु । भोट गर्नै पर्छ जस्तो पनि लागेन, त्यसैले कतै पनि भोट नगर्ने भनेर काठमाडौंमै बसेकी छु ।’

मतदान नगर्ने निर्णय गर्नुको कारण खुलस्त नपारे पनि उनी निर्वाचनलाई लिएर त्यति उत्साहित भने देखिइनन्।

TATA Below
NLIC
fman
बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

बैशाख २६, २०७९

‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो ।  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...

बैशाख २३, २०७९

युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् ।  बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् ।  शुक्रवार उनीहरूले ‘वाचा भयो&...

बैशाख २६, २०७९

बलिउड अभिनेत्री आलिया भाट यतिखेर आफ्नै बोलिका कारण विवादमा फसेकी छिन् । त्यतिमात्रै हैन उनको बोलीलाई लिएर ट्रोलर्सहरूले ट्रोल समेत बनाउन थालेका छन् । आलियाको एक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइर...

जेठ ४, २०७९

ब्रान्डरूट  इन्टरटेन्मेन्ट प्रालि काठमाडौंले दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड गर्ने भएको छ ।  अघिल्लो वर्ष भव्यताका साथ सम्पन्न गरेको अवार्ड कार्यक्रम असार ११ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको हो ।&n...

जेठ ६, २०७९

हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो ।  प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकक...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x