×

NMB BANK
NIC ASIA

मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा

बैशाख २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

Muktinath Bank

प्रेस काउन्सिलले निर्वाचन आचारसंहिता लागु भएदेखि सञ्चार माध्यममा सम्प्रेषित सामग्री र पत्रकारका सामाजिक सञ्जालमा सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ । बिहिबार ४ जना पत्रकारलाई सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीका विषयमा ध्यानाकर्षण गराकोमा सबैले तत्काल आचारसंहिताविपरीत सम्प्रेषित सामग्री हटाएका छन् । काउन्सिलको अनुगमनका क्रममा ध्यानाकर्षण गराएको र सचेत गराएका विषय तत्काल भुलसुधार गर्ने सञ्चार माध्यम र पत्रकारलाई धन्यवाद भन्दै उपप्रशासकीय अधिकृत बोहराले जिम्मेवार सञ्चार माध्यम र पत्रकारको दायित्व आचारसंहिता पालना गर्ने नै रहेको बताए । उनले शुक्रबार निर्वाचनका समयमा रिपोर्टिङमा खटिने सञ्चार माध्यम र पत्रकारलाई निर्वाचन आचारसंहिताको विशेष ख्याल गरी समाचार सामग्री सम्प्रेषण गर्न/गराउन अनुरोध गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काउन्सिलले हिजो पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको थियो । योसँगै ४७ सञ्चार माध्यमलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा कारबाही भएको छ । बिहिबार १२ वटा अनलाइन, ७ वटा पत्रिका र एउटा टिभीलाई कारबाही भएको हो ।


Advertisment
Nabil box
Kumari

बिहिबार कारबाही भएकामध्ये २ वटा सञ्चार माध्यमलाई उम्मेदवारले गरेको उजुरीका आधारमा र ३ वटा सञ्चार माध्यमलाई आयोगमा परेको उजुरी काउन्सिलमा प्राप्त भएको आधारमा कारबाही गरिएको हो । 

Vianet communication
Laxmi Bank

यसैबीच बिहिबार ६ वटा दर्ता नभएका वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरी कारबाही गरिएको छ, जसमध्ये २ वटा निर्वाचन आयोगमा उजुरी परी काउन्सिललाई प्राप्त भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x