जेठ १, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २५६...
काठमाडाैं | बैशाख २९, २०७९
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायत यस क्षेत्रका विद्वान्ले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्म गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताए ।
भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो ।
पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रोमात्र प्रयोग गर्न पनि उनले आम मानिसमा आह्वान गरे । यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ । समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।
अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजी पात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषीको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिए ।
धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले पञ्चाङ्ग ब्रह्मवाक्य भएकाले यसको अभावमा राज्य अन्धकार हुने बताए । सबै कुराको निर्देश पञ्चाङ्गले गर्ने भएकाले यसको उपयोगिताका विषयमा सबै जानकार हुनुपर्ने उनको भनाइ थियो ।
पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २५६...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भ...
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...