जेठ ६, २०७९
चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । उक्त हतियार विकसित गर्ने टोलीका नेता ...
काठमाडाैं | बैशाख ३०, २०७९
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट संचालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल- इसीसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ।
जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ। संशोधित तथा थप नयाँ सत्रहरुको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ।
एनसीएचएल- इसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजेसम्म पेश हुन आएमा चेकहरु सोही दिन नै राफसाफ गर्ने बताइएको छ। अन्तिम सेटलमेन्ट ५:१५ पछि हुने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ।
हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्सप्रेस क्लियरिङ सत्र संचालन हुने बताइएको छ। त्यस्तै २०—३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ।
त्यसैगरी एनसीएचएल आइपीएस प्रणालीमा साँझको ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिन (टी+०) नै राफसाफ हुने एनसीएचएलले जनाएको छ।
साथै बिहान ९ बजेदेखि ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएको बताइएको छ।
हरेक कार्यदिनको ५:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा फर्छ्यौट हुने एनसीएचएलले जनाएको छ। तोकिएको समयसीमा पछि प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने बताइएको छ।
जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) आरटीजीएसको समय सीमासँग मिल्ने गरी एनसीएचएल आइपीएस समय सीमा एक घण्टा कम हुने एनसीएचएलले जनाएको छ।
त्यसैगरी रिटेल पेमेन्ट स्वीच (आरपीएस/कनेक्ट आइपीएस) मार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक एक घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको बताइएको छ। ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत रहेको एनसीएचएलले जनाएको छ।
चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । उक्त हतियार विकसित गर्ने टोलीका नेता ...
रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ । यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ । ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...
फ्रान्सेली पत्रिका लेस इकोसले ग्यासको मूल्यमा भएको वृद्धिका कारण रुसले कीर्तिमान कमाइ गरिरहेको लेखेको छ । युरोपले भविष्यमा रुसको ग्यास नकिन्ने भनेको भए पनि तत्कालका लागि गरिरहेको खरिदले रुसलाई व्यापक ...
अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...
अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् । यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् । रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए । ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...