असार २०, २०७९
कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फ...
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रूचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को फ्रेन्चाइज हुने भएको छ ।
नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शोको उत्पादन, बजारिकण तथा प्रशारण एडी रिलिज कम्पनीले गर्ने भएको छ ।
कम्पनीले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोजिरहेको जनाएको छ ।
त्यसका लागि प्रतिस्पर्धीहरूले आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फत देखाउनुपर्नेछ ।
कम्पनीका अनुसार, नेपालको प्रमुख शहरहरु पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।
यो कार्यक्रमको मञ्चबाट नेपालमै अन्तराष्ट्रिय स्तरका प्रतिभा खोजी डान्सको भविष्य खोजिरहे्काहरुलाई स्थापित गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जाना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकिय भुमिका निभाउँदै गाइड गर्नेछन् ।
‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समुह वाइल्ड रिपर्ज पनि अनुवन्धित छ ।
यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कम्पनीले जनाएको छ ।
फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो शो ३० भाग निर्माण हुनेछ ।
शो लाई आकर्षक बनाउन फ्रेन्चाइज गाइडलाइन अनुसार चाहिने स्टुडियो, उपकरण, लेखन, प्रि प्रोडक्सन , पोष्ट प्रोडक्सन आदिमा कुनै पनि सम्झौता नगरिने कम्पनीले जनाएको छ ।
कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फ...
चर्चित हास्यकलाकार दीपक राज गिरीले बढ्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै अब धनभन्दा ठूलो इन्धन हुन थालेको लेखेका छन् । यस्तै न...
अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारी असार २४ गते वैवाहिक सम्बन्धमा बाँधिदैछन् । करीब ३ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरूको बिहेको कार्डसमेत वितरण भइसकेक...
अभिनेत्री नीता ढुङ्गाना तीन दिनपछि अर्थात असार २४ गते शुक्रवार वैवाहिक सम्बन्धमा बाँधिदैछिन् । युवा ज्योतिष एवम् अभिनेता हरिहर अधिकारीसँग विवाह गर्न लागेकी नीतालाई सोमवार उनका निकट साथीहरूले ब्याचलर पार्टी ...
मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो । विजेता मिस टिन वर्...
चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...