असार २३, २०७९
वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ ।
ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दिनेछ । इजरायल र इजिप्टपछि यति धेरै सहायता रकम पाउने मुलुक भारत हुनेछ । यो सम्झौता कहिले घोषणा गरिनेछ र कस्तो हतियार समावेश गरिनेछ भन्ने टुंगो छैन ।
भारतले लामो समयदेखि रुससँग घनिष्ठ सम्बन्ध कायम गर्दै सुरक्षा उपकरणहरू किन्ने गरेको छ । भारतलाई रुसको प्रभावबाट हटाउनका लागि अमेरिकाले यो प्रयास गरेको हो । युक्रेनमाथि रुसले आक्रमण गर्दा भारतले रुसको निन्दा गर्न नमानेपछि अमेरिका चिढिएको थियो ।
भारतको विश्वसनीय सहयोगीका रूपमा अमेरिका देखि चाहेको एक अमेरिकी अधिकारीले बताए । बाइडन प्रशासनले फ्रान्स लगायतका देशसँग मिलेर नरेन्द्र मोदी सरकारलाई आवश्यक रहेका सैन्य उपकरण उपलब्ध गराउने ती अधिकारीको भनाइ छ ।
भारतले हतियार खरिदमा विविधता ल्याइरहेकोमा अमेरिकाले त्यस प्रक्रियालाई थप शीघ्रता दिन चाहेको अमेरिकी अधिकारीले बताए ।
भारतलाई लडाकू विमान, जलसैन्य जहाज तथा ब्याटल ट्यांकहरू उपलब्ध गराउनु प्रमुख चुनौती भएको ती अधिकारी बताउँछन् । अहिले दिन खोजिएको सहायता प्याकेजले यी हतियारलाई समावेश गर्न सकिँदैन । अर्बौं डलर पर्ने हतियार सस्तो मूल्यमा उपलब्ध गराउनका लागि अमेरिकाले योजना बनाइरहेको र तत्कालका लागि सैन्य सहायताले प्रतीकात्मक सन्देश दिने ती अधिकारीको भनाइ छ ।
वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...
आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ । सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको...
भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् । उनीहरू दुवै जना ...
श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता...
पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ । सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गर...
अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् । लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...