×

NMB BANK
NIC ASIA

जासूसी उपन्यासकी लेखिकामाथि लाग्यो पतिको हत्या गरेको आरोप

जेठ ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । 

Muktinath Bank

ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम, विस्मरणको समस्या रहेको दाबी गर्ने गरीब आरोपित, हराइरहेको हतियार र सर्वे फूटेजमा रंगेहात पक्राउ– यी सबै कथाका प्लट जस्ता लाग्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ब्रोफीमा लागि यो ताजा उपन्यासको कथानक नभई वास्तविक जीवनको घटना बन्न पुगेको छ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाको ओरेगन राज्यमा बस्ने ब्रोफी चर्चित उपन्यासकार हुन् । उनीमाथि आफ्ना पति डेनियल ब्रोफीलाई गोली हानेर हत्या गरेको आरोप छ । हत्या गर्न उपयोग भएको बन्दूकको नाल उनले ईबेमा किनेकी हुन् । 

Vianet communication
Laxmi Bank

अभियोजनकर्ताहरूका अनुसार, ती ७१ वर्षीया लेखिकाले घरको किस्ता तिर्न संघर्ष गरिरहेकी थिइन् र पतिको जीवनबीमाको रकम हात पार्न खोजेकी थिइन् । 

अदालतमा बयान दिने क्रममा ब्रोफीले पति मार्नका लागि कुनै उद्देश्य नरहेको बताइन् । 

तर ब्रोफीका पति ओरेगन कलिनरी इन्स्टिच्युटको एक कक्षाकोठामा मारिएकै बेलातिर ब्रोफीको गाडी घटनास्थल नजिक सीसीटीभी फूटेजमा देखिएको थियो । 

उक्त घटना सन् २०१८ को जुन २ मा भएको हो । 

‘तपाईंका पतिमाथि गोली प्रहार हुँदा तपाईं घटनास्थल नजिक हुनुहुन्थ्यो । पतिलाई लागेको गोली जुन बन्दूकबाट चलेको हो त्यो रहस्यमय रूपमा गायब भएको छ,’ अभियोजन वकिलले भने । 

ब्रोफीले घटनास्थलमा आफू पुगेको याद नभएको बताइन् । तर आफू त्यहाँ पुगेको हुन सक्ने स्वीकार गरिन् । आफू कथाको लागि प्रेरणा पाउन उक्त क्षेत्रमा गाडी लिएर पुगेकाले सीसीटीभीमा देखिएको हुन सक्ने उनको भनाइ छ । 

‘मेरो पतिलाई मैले गोली हानेको भए मलाई याद हुनुपर्ने हो,’ उनले भनिन् । 

डेनियल ब्रोफी बिहान क्लास शुरू हुने बेलामा मृत अवस्थामा फेला परेका थिए । उनलाई दुईपटक गोली हानिएको थियो । 

अनुसन्धानकर्मीहरूका अनुसार, हत्यामा प्रयोग गरिएको ग्लक बन्दूक आरोपितले ईबेमा किनेकी हुन् । 

बन्दूकको नालमा फरेन्सिक प्रमाण भेटिन सक्थ्यो तर अहिलेसम्म त्यो फेला परेको छैन । 

ब्रोफीले ग्लक पिस्तोलको नाल किनेको स्वीकार गरिन् । जंगलमा च्याउ टिप्न जाँदा सुरक्षाका लागि पतिले उक्त बन्दूक बोक्ने गरेको उनको भनाइ छ । 

ब्रोफीले लेखेको पतिको हत्या कसरी गर्ने भन्ने ब्लग अझै पनि उपलब्ध रहेको अभियोजनकर्ताहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x