असार २०, २०७९
डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक...
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् ।
मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बनाइएका विपक्षी दलका कार्यकर्तालाई गैरन्यायिक हत्या गरिएको थियो । त्यस विषयमा नवनाजी कमान्डर माक्सिम झोरिनले घमण्ड गरेका छन् । सबै देशद्रोहीको नियति यस्तै भएको उनले बताएका छन् ।
‘सेभेरोडोनेत्स्कका पेट्रियट्स फर लाइफ अहिले यस्तो देखिन्छन्,’ झोरिनले बुधवार टेलिग्राममा लेखे । ‘उनीहरू मार्च ७ मा बेपत्ता भएका थिए र अहिले उनीहरूको नयाँ तस्वीर सार्वजनिक भएको छ । अहिले यस्तो देखिन्छन् ।’
तस्वीरमा क्षतविक्षत बनाइएको लाश देखिन्छ । झोरिनले पोस्टमा घमण्ड गरी मुस्काएको ईमोजी राखेका छन् । अहिले त्यो पोस्ट डिलिट गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका कटु आलोचक किभालाई मार्च ६ मा देशद्रोहको आरोप लगाइएको थियो । त्यसको भोलिपल्ट उनी र पार्टीका अन्य सदस्य बेपत्ता भए ।
पेट्रियट्स फर लाइफमाथि मे १४ मा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
झोरिन आजोभका सामान्य सदस्य हैनन् । उनी नाजी चिह्न अपनाउने कुख्यात मिलिसिया हुन् । सन् २०१४ मा आजोभमा प्रवेश गरेका झोरिनले सन् २०१६ को अगस्टदेखि सन् २०१७ को सेप्टेम्बरसम्म त्यसको कमान्ड गरेका हुन् ।
डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक...
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्ल...
भारतमा सोमवार निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सैँजमा बस गहिरो खाडलमा खसेको हो । कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले स...
डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...
इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ । त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...