असार १४, २०७९
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटवार्तामा चेम्बरका पदाधिक...
काठमाडाैं | जेठ ५, २०७९
नेकपा एमालेका सांसद भीम रावलले सरकारले व्याख्यात्मक टिप्पणीपछि अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।
उनले बिहीवारको प्रतिनिधि सभामा भइरहेको पूर्व बजेट छलफलमा बोल्ने क्रममा उक्त माग गरेका हुन् ।
रावलले नेपालले व्याख्यात्मक टिप्पणीपछि अमेरिकालाई पठाएको पत्र तुरुन्त सार्वजनिक गर्न र संसदलाई जानकारी दिन आग्रह गरे ।
रावलले भने, ‘एमसीसीसँगको सम्झौतामा उल्लेख भएको राष्ट्रिय हितविपरीतका विषयलाई अर्थ मन्त्रालयले सम्बोधन गरेको छ कि छैन ? त्यसको जानकारी संसदलाई गराउनु पर्दैन ?’ उनले व्याख्यात्मक टिप्पणीमा भनेअनुसार एमसीसीले नेपाललाई पत्र पठाएको हो कि होइन भन्ने विषयमा पनि स्पष्ट जवाफ माग गरेका छन् ।
संसदले भने अनुसार सरकारले काम नगरेको र अमेरिकालाई पठाएको पत्रसमेत जानकारी नगराउनु वर्तमान सरकारप्रति शंका गर्ने ठाउँ भएको रावलले बताए ।
रावलले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सरकार प्रतिबद्ध हुन नसकेको पनि आरोप लगाए । अर्थमन्त्रीले संसदमा पेश गरेको विनियोजन विधेयकको २०७९ को सिद्धान्त र प्राथमिकता अहिलेको अवस्थाको अर्थतन्त्र सुधार गर्ने खालको नभएको रावलको भनाइ छ । उनले यो विधेयक केवल झारा टार्ने गरी मात्रै तयार गरिएको आरोप लगाए ।
रावलले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सरकारले प्राथमिकता दिनुपर्ने अवस्थामा पनि सरकार चुपचाप बसिरहेको छ । अर्थतन्त्रमा समस्या छ भने विदेशी मुद्राको विनिमय सञ्चित घटिरहेको छ, राष्ट्र ऋण पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४०.५ प्रतिशत पुगिसक्दा पनि सुधार गर्न सरकार गम्भीर देखिएन ।’
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीलाई सुझाव दिने र सुझाव सुन्नुपर्ने व्यक्ति नै संसदमा उपस्थित नभएकोमा जवाफ माग गरे । भट्टराईले भने, ‘अर्थमन्त्रीको उपस्थिति विना कसलाई सुझाव दिने र कसले टिपोट गरेर संसदले दिएको सुझाव बजेटमा समेटिन्छ ?’
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटवार्तामा चेम्बरका पदाधिक...
बैंकिङ प्रणालीमा चालू आर्थिक वर्ष लागेदेखि नै देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै उस्तै छ । बैंकहरूमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले ठूल्ठूला लिलामीका सूचना निकालिरहेका छन् । पछिल्लो समय न...
गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोट...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षाका लागि जोखिम बनेका रुखपोलहरू हटाइने भएको छ । रिठेपानी डाँडास्थित जोखिमजन्य अवस्थामा रहेका रुख–पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र न...
कृषिप्रधान देश नेपालमा वर्षेनी २७ अर्बको चामल र १५ अर्बको धान आयात हुने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको हो ।...
अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरका...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...