असार १६, २०७९
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह न...
काठमाडाैं | जेठ ५, २०७९
स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन्।
यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् ।
यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक÷एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह न...
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बज...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी वियोगमा रहेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् । बिहीवार भक्तपुरस्थित बिजुक्छेंको निवासमा पुगेर ओलीले समवेदना व्यक्त...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्र...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एव...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...