असार २०, २०७९
डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...
काठमाडाैं | जेठ ६, २०७९
रुसका सेनाप्रमुख भ्यालरी गेरासिमोभ र अमेरिकाका जोयन्ट चीफ्स अफ स्टाफ मार्क मिल्लीबीच बिहीवार फोनवार्ता भएको छ ।
यी दुई अधिकारीले पारस्परिक हितका अनेकौं विषयमा कुराकानी गरेको रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
अमेरिकी पक्षको अनुरोधमा गरिएको वार्तामा रुस र युक्रेनबीच चलिरहेको द्वन्द्वको चर्चा पनि भएको बताइएको छ ।
अमेरिकाको रक्षा मन्त्रालयले चाहिँ यस विषयमा केही बताएको छैन ।
‘सैन्य नेतृत्वले सुरक्षाका विषयमा छलफल गरेका छन् र संवादको ढोका खुलै राख्ने सहमति गरेका छन्,’ मिल्लीका प्रवक्ताले बताए । ‘विगतको अभ्यासबमोजिम उनीहरूबीचको संवादका विवरणहरू गोप्य राखिएको छ ।’
पश्चिमी सैन्य गठबन्धन नेटोका सुप्रिम अलाइड कमान्डर टड वोल्टर्सले गेरासिमोभ र मिल्लीबीचको वार्ताले युक्रेन संकटको कूटनीतिक समाधानमा योगदान गर्ने आशा लिएको बताएका छन् ।
एक साताअघि अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र रुसी समकक्षी सर्गे शोइगुबीच पनि फोनवार्ता भएको थियो ।
डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...
भारतमा सोमवार निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सैँजमा बस गहिरो खाडलमा खसेको हो । कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले स...
इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ । त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । सुरुको प्रदर्शनीहरूमा बेइजिङक...
गर्भसँग जोडिएको समस्या झेलिरहेकी एक महिलाले एकैपल्ट गर्भमा ४ बच्चा पाएकी छन् । अमेरिकाकी ३५ वर्षीया एश्ले नेस ४५ वर्षीय प्रेमी वेलसँग स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा गर्...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...