×

NMB BANK
NIC ASIA

चीनले चलायमान लक्ष्यमा पनि सटीक निशाना लगाउने हाइपरसोनिक क्षेप्यास्त्र बनाउने

जेठ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । 

Muktinath Bank

उक्त हतियार विकसित गर्ने टोलीका नेता याङ स्याओगोङले द्रुत गतिमा दौडिरहेका लक्ष्यमा प्रहार गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको टिप्पणी गरेका छन् । यसअघि चलायमान वस्तुमाथि हाइपरसोनिक क्षेप्यास्त्र प्रहारको कल्पना समेत गरिँदैनथियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्फ्रारेड यान्ड लेजर इन्जिनीयरिङ नामक जर्नलमा प्रकाशित पेपरमा अनुसन्धान टोलीले यस हाइपरसोनिक क्षेप्यास्त्रले काम गर्ने तरिकाको व्याख्या गरेको छ । 


Advertisment
Nabil box
Kumari

सामान्यतया हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा उड्ने भएकाले क्षेप्यास्त्र राखेको ठाउँ वा त्यसको दिशामा सानो चुक हुँदा पनि लक्ष्यभन्दा निकै टाढा गएर बज्रिने सम्भावना हुन्छ । 

Vianet communication
Laxmi Bank

गुडिरहेको कार जस्तो चलायमान लक्ष्यको इन्फ्रारेड सिग्नेचरमा आकार, घनत्व र संरचनाको विस्तृत जानकारी हुँदैन । त्यसले गर्दा लक्ष्यको पहिचान र ट्य्राकिङ गर्न निकै गाह्रो हुन्छ । 

अर्को समस्या भनेको इन्फ्रारेड सेन्सरले काम गर्नका लागि चिसो वातावरण आवश्यक हुन्छ । द्रुत गतिमा चल्ने क्षेप्यास्त्रको हजारौं डिग्रीको तापमान हुन्छ, त्यसैले तिनलाई क्षेप्यास्त्रमा जडान गर्न गाह्रो हुन्छ । 

यसका बावजूद यस्तो हाइपरसोनिक क्षेप्यास्त्र सन् २०२५ सम्ममा विकसित गरिसक्ने अनुसन्धान टोलीको विश्वास छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x