×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

२० प्रतिशत आधार भएको पार्टीलाई ८० प्रतिशत मत थपिदिन कांग्रेसका कार्यकर्ता मानेनन् : गगन थापा

जेठ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् । 

Muktinath Bank

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले कांग्रेसका मतदाताले रूख बाहेक अन्य चिन्हमा मतदान गर्न पनि कठिन भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आव्हान गरेको भए पनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित नभएकाले कतिपयले नमानेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘नेपाली कांग्रेसको मतदाताले आफ्नो चुनाव चिन्ह बाहेकको अर्को चुनाव चिन्हमा मत हाल्ने, मत हाल्न लगाउने कुरा एकदमै गाह्रो कुरा हो । कांग्रेसको मतदाताहरु अन्य पार्टीको जस्तो संगठित मतदाता होइन । कसैले धोका दिन्छ र धोका दिन्न भन्ने कुरा होइन । मैले बुझेसम्म नेपाली कांग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ताहरु खटिएर लागेका थिए, आफुसँग तालमेलमा भएका दलहरूलाई पनि सँगै मत हालौँ भनेरै लागेकाे थिए’, थापाले भने । 

Vianet communication
Laxmi Bank

उनले काठमाडौंको उदाहरण दिदैं भने, ‘म काठमाडौंको मेयरमा रुख, उपमेयरमा कलम चिन्ह लिएको गठबन्धनलाई लिएर मतदाताको बिचमा गएँ । तर, मैले आफ्नै वडामा हेरें वा कतै पनि हेरें भनेदेखि त्यो दुईवटाको बिचमा असाध्यै धेरै ठूलो फरक पाउँछु । हामी कसैले कलम चिन्ह लिएको उपमेयरको उम्मेदवारलाई धोका दियौँ वा कम मत दियौँ भनेर होइन । हामीले मतदातालाई आव्हान गर्‍यौँ । हाम्रो कुरा, हाम्रो मतदाता भनेको चाहीँ हाम्रो आदेश पालना गर्ने, हामीसँग असाध्यै धेरै कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता होइन ।’ 

काठमाडौंमा उपमेयरमा उम्मेदवारी दिएको पार्टीको आफ्नो मतदाता २० प्रतिशत जति रहेको र जित्नका लागि १०० मान्ने हो भने अर्को ८० प्रतिशत कांग्रेसले खन्याइदिनु पर्ने अवस्था रहेको थापाले बताए । 

‘नेपाली कांग्रेस भएको ठाउँमा नेपाली कांग्रेस ८० छ । उसलाई २० थपिदिँदा खेरी १०० हुने हो । कम्युनिष्ट पार्टीको ठाउँबाट एउटा थप्न पनि सजिलो । उहाँहरुको कार्यकर्तामा आधारित पार्टी छ । अर्को थोरै थप्नुपर्ने भएकाले पनि त्यो व्यवहारिक भयो । कांग्रेसलाई चाहीँ गठबन्धनमा जाँदै गर्दाखेरी अन्य पार्टीले भोट हालेको जस्तो । कांग्रेसले अन्य चिन्हमा भोट नहालेको जस्तो देखिनुको मुख्य कारण यही हो जस्तो लाग्छ’, थापाले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x