×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

अमरेन्द्रलाई विराटनगरको उपमेयर बन्न अब अदालतको मात्रै आस !

जेठ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेका जनता समाजवादी (जसपा)का महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादव पराजित हुने तथ्यांकले देखाएको छ । एमालेकी उपमेयर शिल्पा निरौला कार्कीले अब गन्न बाँकी रहेको मतभन्दा बढी मतान्तर बनाएपछि उनी पराजित हुने निश्चित भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

एमालेकी उम्मेदवार शिल्पा निरौला कार्कीले २३ हजार ६ सय ३१ मत ल्याएकी छन् भने उनले मात्र १३ हजार २ सय २३ मत ल्याएका छन् । ८२ हजार ५ सय २७ मत गणना भइसकेको छ । विराटनगरमा ८९ हजार ७ सय ८९ मत अर्थात ६७.४४ प्रतिशत मत खसेको थियो । अब ७ हजार २ सय ६२ मत मात्रै गन्न बाँकी रहेको छ भने शिल्पा १० हजार ४ सय ८ मतान्तरले अगाडि छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताकै मतबाट निर्वाचित हुन नसकेका अमरेन्द्रको उपमेयर बन्ने अर्को एक मौका भने अझै बाँकी छ ।  एमालेबाट उम्मेदवार बनेकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वाेच्चमा अदालतमा रिट परेको थियो । सो रिटमा निरौला पराजित बने यादव अझै उपमेयर बन्ने बाटो छ । यस अर्थमा जनताको मतबाट निर्वाचित हुन नसकेका यादवका लागि अब अदालतमाथि भर पर्नुपर्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिएकी कार्कीले त्यसविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेपछि २०७९ वैशाख ९ गतेको मिति राखेर राजीनामा अस्पतालमा बुझाएकी थिइन् । तर, अस्पतालले विकास समितिको सदस्यको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने बताएपछि उनले ११ बैशाखमा मन्त्रालयमा राजीनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गरेकी थिइन् । उम्मेदवारी खारेज हुनुपर्ने माग सहित  उजुरी गरेपनि आयोगले भने उनको उम्मेदवारी सदर गरेको थियो । 

Vianet communication
Laxmi Bank

उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका थिए । 

निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्कीविरुद्धको उजुरी सुनुवाई नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको थियो । 
कार्कीको राजीनामा मन्त्रालयमा दर्ता नभएको मन्त्रालयले नै पुष्टि गरिसकेको छ । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले उपलब्ध गराएको आधिकारिक सूचना विवरण अनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन मन्त्रालयको मुल दर्ता किताबमा सूर्य नेपाल प्रालि काठमाडौंको सुर्तीजन्य पदार्थ ऐनबारेको कागजात दर्ता भएको पाइएको छ ।

उजुरीपछि उनले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको भन्दै ७२९९ नम्बरको दर्ता नम्बरसहितको प्रतिलिपि आयोगमा बुझाएकी थिइन् । कार्कीले बुझाएको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी सदर गरिसकेको हो । मन्त्रालयको दर्ता किताबमा वैशाख ११ गते ७२९९ नम्बरमा कार्कीको राजीनामा नभएर अर्कै पत्र दर्ता भएको देखिन्छ ।

मन्त्रालयको दर्ता किताबमा ७२९९ नम्बरमा सूर्य नेपाल नामक कम्पनीले पत्र दर्ता भएको छ । मन्त्रालयले ७२७८, ७२९९ र ७३०० नम्बरको दर्ता नम्बरमा सूर्य नेपाल नामक कम्पनीको पत्र दर्ता रहेको पुष्टि गरेको छ । यसबारे मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x