×

NMB BANK
NIC ASIA

नवनिर्वाचित मेयर र गाउँपालिका अध्यक्षले कति पाउँछन् राज्यबाट सुविधा र भत्ता ?

जेठ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहका जनप्रतिनिधिले सेवासुविधाबापत् मासिक ७० हजारदेखि ८० हजार रूपैयाँसम्म बुझ्ने गरेका छन् । यो भनेको बैठक भत्ता र दैनिक भ्रमण भत्ताबाहेकको हो । 

Sagarmatha Cement
Muktinath Bank

तलब नै भनेर जनप्रतिनिधिले मासिक पारिश्रमिक नबुझे पनि सेवासुविधाका नाममा भने उक्त रकम बुझ्ने गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातै प्रदेशका प्रदेश सभाबाट पारित गरिएको ऐनअनुसार उनीहरूले सुविधा पाउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उदाहरणका लागि लुम्बिनी प्रदेशमा गाउँपालिका अध्यक्षले बैठक भत्ता र भ्रमण भत्ताबाहेक मासिक ६७ हजार २५० रूपैयाँ सेवासुविधाबापत पाउँछन् । उपाध्यक्षले ६४ हजार २५० रूपैयाँ र वडाध्यक्षले ३१ हजार रूपैयाँ मासिक पाउने गर्छन् ।   

Vianet communication
Laxmi Bank

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेतले सवारी सुविधा पाउने गरेका छन् । उनीहरूले मासिक १२० लिटर इन्धन तथा ५ लिटर मोबिल पाउने गर्छन् । त्यसबाहेक यातायात सुविधाबापत् १२ हजार रूपैयाँ, वडाध्यक्षले १० हजार, कार्यपालिका सदस्यले ६ हजार र गाउँसभाका सदस्यले ३ हजार रूपैयाँ मासिक पाउँछन् । 

पत्रपत्रिका, इन्टरनेटका लागि अध्यक्ष र उपाध्यक्षले ४ हजार रूपैयाँ, वडाध्यक्षले ३ हजार, कार्यपालिका सदस्यले ३ हजार र गाउँसभाका सदस्यले २ हजार रूपैयाँ मासिक पाउने गर्छन् ।

टेलिफोन, मोबाइल रिचार्जका लागि अध्यक्षले ३ हजार ५ सय, उपाध्यक्षले ३ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यले ३ हजार, गाउँ सभाका सदस्यले २ हजार ५ सय रूपैयाँ मासिक पाउने गर्छन् ।

त्यसै गरी अतिथि सत्कारमा अध्यक्षले ६ हजार, उपाध्यक्षले ५ हजार र वडाध्यक्षले ४ हजार रूपैयाँ पाउने गर्छन् । 

जनसम्पर्क/विशेष कार्यसुविधाबापत अध्यक्षले १० हजार, उपाध्यक्षले ८ हजार, वडाध्यक्षले ६ हजार, कार्यपालिका सदस्यले ५ हजार र सभा सदस्यले ३ हजार रूपैयाँ पाउने गर्छन् ।

त्यसै गरी खानेपानी तथा सरसफाइका लागि अध्यक्ष र उपाध्यक्षले ५ हजार, वडाध्यक्षले २ हजार रूपैयाँ पाउँछन् । मर्मत, सम्भार/विद्युत /उर्जाका लागि अध्यक्ष र उपाध्यक्षले मासिक ५ हजार र वडाध्यक्षले मासिक २ हजार रूपैयाँ पाउँछन् ।

त्यसबाहेक चाडपर्व खर्चबापत अध्यक्ष/उपाध्यक्षले १५ हजार, वडाध्यक्षले १२ हजार, कार्यपालिका सदस्यले १० हजार र सभा सदस्यले ७ हजार वार्षिक पाउने गर्छन् ।

बैठक भत्ताबापत अध्यक्षदेखि गाउँ सभा सदस्यले प्रतिबैठक १ हजार रुपैयाँ पाउनुका साथै दैनिक भ्रमण भत्ताबापत अध्यक्षले १ हजार ८ सय, उपाध्यक्षले १ हजार ६ सय, वडाध्यक्षदेखि गाउँ सभा सदस्यहरूले १५ सय रूपैयाँ दैनिक भ्रमण भत्ता पाउने गर्छन् । यात्रा गर्दा प्रति भ्रमणमा अध्यक्षदेखि सदस्यसम्मले १० लाख रूपैयाँको यात्रा बीमा  सुविधा पाउने गर्छन् ।   

उपमहानगरपालिका, नगरपालिकाका पदाधिकारीले गाउँपालिकाका पदाधिकारीले पाउने सुविधाभन्दा बढी रकम पाउने गर्छन् । 

माथि उल्लेख गरिएको लुम्बिनी प्रदेशजस्तै अन्य प्रदेशका स्थानीय तहका पदाधिकारीले पनि सेवासुविधा पाउने गरेका छन् । तर सबै प्रदेशको सेवा सुविधाबापत पाउने रकम भने फरक-फरक छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x