असार १७, २०७९
सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट प्राविधिक सशस्त्र नायब उपरीक्षक (डीएसपी) पदमा ६ जना बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार ...
चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो ।
चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।
कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिए । उत्तरगया गाउँपालिका–५ वडा कार्यालय र माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ । विभिन्न कोषबाट अनुसन्धानको काम तीव्र रूपमा अगाडि बढिरहेकाले शङ्कास्पद व्यक्तिको गोप्यरूपमा हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गरे ।
सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट प्राविधिक सशस्त्र नायब उपरीक्षक (डीएसपी) पदमा ६ जना बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार ...
पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्न...
गैंडाको खाग तस्करलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीले पक्र...
राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 'प्रहरी निरीक्षक हुँ' भन्दै ठगी गरेको आरोपमा महोत्तरीमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जलेश्वर नगरपालिका-१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसमेत ३...
बाँकेको जमुनाहा नाकाबाट शुक्रवार भारतीय कन्टेनर नियन्त्रणमा लिइएको छ । नेपालबाट भारत जाँदै गरेको सो कन्टेनरमा अवैध सामान हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । ‘बिहान १०...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...