×

NMB BANK
NIC ASIA

प्रेमियर लीगको उपाधि विजेताको छिनोफानो आज, म्यानचेस्टर सिटी कि लिभरपूल भाग्यशाली ?

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

इंग्लिश प्रेमियर लीगको यस सीजनको अन्तिम खेलहरू आइतवार खेलिँदैछ । 

Muktinath Bank

अन्तिम दिनमा आइपुग्दा समेत उपाधि विजेताको टुंगो लाग्न सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साबिक विजेता म्यानचेस्टर सिटी (९० अंकका साथ) पहिलो स्थानमा छ भने लिभरपूल उसभन्दा एक कम अंक (८९) का साथ दोस्रो स्थानमा छ ।


Advertisment
Nabil box
Kumari

लिभरपूलले यस सीजनमा चारवटा उपाधिको आशा गरेको छ । एफए कप र काराबाओ कप जितेको लिभरपूल प्रेमियर लीग र च्याम्पियन्स लीगमा सफलता पाउने आशा गरिरहेको छ । तर म्यानचेस्टर सिटीको चुनौतीलाई पन्छाएर लीग उपाधि जित्न लिभरपूलका लागि फलामे च्युरा चपाएसरी हुनेछ । 

Vianet communication
Laxmi Bank

लिभरपूलले प्रेमियर लीगको उपाधि जित्नका लागि आज वुल्भ्ससँगको खेल जित्नुपर्छ । तर त्यतिले मात्र पुग्दैन । लिभरपूलको सम्भावना खोल्नका लागि सिटीले आज एस्टन भिल्लासँगको खेल कि त बराबरी गर्नुपर्छ कि हार्नुपर्छ । 

लिभरपूलले आजको खेल बराबर गरेमा अनि सिटी चाहिँ हारेमा दुवैको समान ९० अंक हुन्छ । त्यस्तो अवस्थामा गोल डिफरेन्सको आधारमा विजेता छानिन्छ । सिटीसँग गोल डिफरेन्समा ७२ अंक छ भने लिभरपूलसँग ६६ अंक मात्र छ । 

गोल डिफरेन्सको तगारो पन्छाउनका लागि लिभरपूलले सिटी एस्टन भिल्लासँग ६–० को अन्तरले हारोस् भनी कामना गर्नुपर्छ । त्यो सम्भव देखिँदैन । 

लिभरपूललाई आजको खेल जसरी पनि जित्ने ध्याउन्न हुनेछ, चाहे उनीहरूले जति नै गोल गरून् । तर त्यससँगै एस्टन भिल्लाले सिटीलाई हराओस् भनी कामना पनि गर्नुपर्नेछ । 

व्यावहारिक हिसाबमा भन्दा आज म्यानचेस्टर सिटी नै लीग च्याम्पियन बन्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x