×

NMB BANK
NIC ASIA

यी १७ उम्मेदवार, जसले आफैंलाई भोट हालेनन् की हाल्न जानेनन्

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोटका १७ उम्मेदवारको शून्य मत

Muktinath Bank

स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शून्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले  एकमत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् । 


Advertisment
Nabil box
Kumari

तथ्याङ्क अनुसार नुवाकोटका करीब एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनमाया बिश्वकर्माले ७३७ मत ल्याएर निर्वाचित हुदाँ उहाँको प्रतिस्पर्धी जनसमाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याए । 

Vianet communication
Laxmi Bank

शून्य मत हुने उम्मेदवार :
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १७ उम्मेदवारले एक मत पनि पाउन सकेनन् । एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामीछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार रहेका छन् । 

यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एकमत पनि प्राप्त गर्न सकेनन् । 

यसैगरि पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् । 

एक मत मात्र ल्याउने उम्मेदवार :
तारकेश्वर गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तलाल तामाङ, लिखु गाँउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपचन्द्र राई, ककनी गाउँपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी–९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केशबप्रसाद भट्ट, विदुर–१२ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङले एक–एक मत मात्र प्राप्त गरेका छन् । 

यस्तै, तादी–५ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ–४ वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी–४ मा महिला सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार ठुलीकान्छी पाण्डे, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक–एक मत मात्र ल्याएका छन् । विदुर–३ को वडा सदस्यमा एकीकृत समाजवादीको उम्मेदवार केशव खड्का, विदुर ६ को वडासदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवारहरू लालबहादुर राई र सन्तोष सुनारको एक–एक मत आएको छ ।  

दुई मत मात्र ल्याउने उम्मेदवार :
पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार उद्धव कोइराला, तादी गाँउपालिकाको अध्यक्ष पदमा मौलिक जरोकिलो पाटीका उम्मेदवार बासु उप्रेती, नेकपा (समाजवादी) पार्टीबाट तादी गाँउपालिकाको अध्यक्षको उम्मेदवार टिकाराम तामाङ र स्वतन्त्रका उम्मेदवार भोगबहादुर अधिकारी, ककनी गाँउपालिकाको उपाध्यक्षमा सामाजिक एकता पार्टीका उम्मेदवार पुतली तामाङ, बेलकोटगढी–४ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार सुजाता नेपाल (पाण्डे) बेलकोटगढी–१० को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार अप्सरा घिमिरेले दुई–दुई मत मात्र प्राप्त गरे ।

यस्तै शिवपुरी–३ को वडाध्यक्षमा नेपाली कांग्रेस (बिपी)का उम्मेदवार विकाश तामाङ, तादी–३ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मानबहादुर तामाङ, तादी–६ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ठकुराम तामाङ, ककनी–३ मा वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार नवराज बजगाई, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार केशब तामाङ, शिवपुरी–४ को वडासदस्यमा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार सुदन थापाले दुई–दुई मत पाएका छन् ।

तीनभन्दा बढी मत ल्याउने उम्मेदवार :

किस्पाङ गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार रामकृष्ण न्यौपानेको छ, म्यागङ गाँउपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार विजय तामाङको सात, बेलकोटगढी–८ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर तामाङको पाँच, बेलकोटगढी–९ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमप्रसाद कोईरालाले आठ, स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार दिनेश विश्वकर्माले तीन, बेलकोटगढी–१० को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार धनबहादुर बस्नेतले सात, बेलकोटगढी–१० को वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिश त्रिपाठीको तीन, विदुर–५ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमालको पाच मत मात्रै प्राप्त भएको छ ।

त्यस्तै विदुर–७ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार शेरबहादुर तामाङको तीन मत, विदुर–८ को वडाध्यक्षमा स्वतन्त्रको उम्मेदवार उत्तमबहादुर केसीको तीन र सूर्यगढी–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार श्यामप्रसाद पाठकले चार मत प्राप्त गरेका छन् ।

यसैगरि बेलकोटगढी–११ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सुनील तामाङले आठ, किस्पाङ–१ वडाध्यक्षमा राप्रपाका उम्मेदवार सुवास तामाङले पाँच, म्यागङ–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छान्ता तामाङको पाँच र एकीकृत समाजवादीका उम्मेदवार अमृत घलेको चार मत ल्याएका छन् ।

ककनी–१ वडा सदस्यमा उन्नत लोकतन्त्र पार्टीका उम्मेदवार अमितकुमार बलामीले तीन, किस्पाङ–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सुन्तली विश्वकर्माले पाँच तथा विदुर–९ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सिता विश्वकर्माले तीन मत प्राप्त गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार उम्मेदवारी दर्ता गर्दा मतदाता नामावलीमा नाम भएका एक प्रस्तावक र एक समर्थकसमेत गरेर योग्य उम्मेदवारको कम्तिमा तीन मत आउनुपर्ने भएपनि नुवाकोटमा त्यो देखिएन ।
“पार्टीबाट टिकट नपाउनुको आक्रोस, राजनीतिक दल प्रतिको निरासालगायतका कारण स्वतन्त्र उम्मेदवारी दिएपनि मतदानसम्म आइपुग्दा निष्क्रिय भएकाले उहाँहरुको पक्षमा न्यून मत आएको हुन सक्छ”, गौतमले भने,'दलका उम्मेदवारकोसमेत न्यून मत आउनुले दलीय गतिविधि पनि कमजोर हो कि भन्ने लाग्छ ।” 

निर्वाचनको मतदानअन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । नुवाकोटमा कति उम्मेदवारको धरौटी जफत भयो भन्नेबारे तथ्याङ्क निकाल्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । रामहरि न्यौपाने,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x