×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

जनकपुरमा कांग्रेसका बागी मनोज: पहिला अन्तर्घातले हारे, अहिले अन्तर्घातकै बलमा जीततर्फ !

जेठ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस देशकै ठूलो पार्टीका रूपमा स्थापित भएको छ । यो समाचार तयार पार्दासम्म कांग्रेसले देशभरमा ३१४ सीट जितिसकेको छ ।

Muktinath Bank

मधेश प्रदेशमा पनि ४४ सीट जित्न सफल भएको छ । तर पाँचदलीय गठबन्धनको तालमेल तथा टिकट बाँडफाँडको समीकरण मिलाउँदा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व पाउनबाट चुकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये १० स्थानीय तहमा नेपाली कांग्रेसले जित्दा जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व पनि जित्ने अवसर गुमाउनुपरेको छ ।


Advertisment
Nabil box
Kumari

पाँचदलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका लालकिशोर साह उम्मेदवार छन् । कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका साह निवर्तमान मेयर समेत हुन् ।

Vianet communication
Laxmi Bank

जनाधार, माहोलसमेत राम्रो भएको अवस्थमा नगर कमिटी, जिल्ला कमिटीले सिफारिश गरेका उम्मेदवार मनोजकुमार साह सुडीले टिकट नपाउने भएपछि ३४ वर्षदेखि कांग्रेसमा सक्रिय रहेका सुडीले अन्ततः पार्टीबाट विद्रोह गरे ।

पार्टीमै भएर बागी उम्मेदवारी दिँदा पार्टीले अन्तिममा कारवाही गर्दा उम्मेदवारी रद्द हुन सक्ने परिस्थितिलाई आकलन गर्दै उनले कांग्रेस पार्टी नै परित्याग गर्ने निधो गरे । तर, जनकपुरधाम उपमहानगरपालिकाको सभापतिदेखि क्रियाशील सदस्यतासम्मबाट राजीनामा गर्दै उनले स्वतन्त्र भएर मेयरमा उम्मेदवारी मनोनयन गराए ।

घण्टाघर चिह्न पाएका उनी जीततर्फ अग्रसर भएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार उनी १० हजार १२५ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका शिवशंकर साह ८ हजार ३६२ र जसपाका लालकिशोर साहले ४ हजार ४३ मत ल्याएका छन् । फराकिलो मतान्तरको आधारमा उनी जित्ने लगभग निश्चितजस्तो देखिएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा पराजित भएका थिए । राष्ट्रिय जनता पार्टी नेपालबाट लाल किशोर साह ११ हजार ६३८ मत बढी ल्याएर चुनाव जित्न सफल भएका थिए । लालकिशोरले २२ हजार २७७ मत ल्याउँदा मनोजले १० हजार ६३९ मत मात्र ल्याउन सकेका थिए । मनोज त्यतिबेला पनि दोस्रो भएका थिए ।

त्यतिबेला जुनियरलाई टिकट दिएको भन्दै सिनियर नेताहरूकै अग्रसरतामा अन्तर्घात भएका कारण उनले चुनाव हारेको चर्चा पार्टी पंक्तिमा हुने गरेको छ । ५ वर्षपछि अवस्था फेरिएको छ ।

त्यतिबेला अन्तर्घात गर्ने नेताहरूको समेत साथले उनी बागी उम्मेदवार बनेर विजयनजिक पुगेका छन् । गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्दै सिंगो पार्टी पंक्तिले उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाएको छ ।

२०७४ मा चुनाव हारे पनि पार्टीको नगर सभापति भएको नाताले उनी उपमहानगरको २५ वटै वडामा निरन्तर पार्टी काममा खटिए ।

अहिले सिंगो पार्टी पंक्तिको सहयोग पाएकोमा उनी खुशी छन् ।

'पार्टीको उम्मेदवार नै नहुँदा पार्टीका कार्यकर्तामा विचलन बढेको थियो, अन्ततः मैले स्वतन्त्रबाट उम्मेदवारी दिँदा उहाँहरू विचलित नभई मलाई मत दिनुभयो,' सुडीले लोकान्तरसँग भने, 'आम जनतादेखि कांग्रेसका कार्यकर्ता समेतको मत पाएको अनुभूति गरेको छु ।'

३४ साल देखि कांग्रेसमा सक्रियता, अहिले बागी

१७ वर्षको उमेरमा नै कांग्रेसको सदस्य भएको उनी बताउँछन् ।

२०४५ सालको जेठ महिनामा पञ्चायती व्यवस्थाविरुद्ध बहुदल आन्दोलनको पूर्व सन्ध्यामा जनकपुरको रामस्वरूप राम सागर बहुमुखी क्याम्पसमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई भेटेर कांग्रेसको सदस्यता लिएको उनले बताए ।

२०४६ सालको आन्दोलनमा आफ्नो गाउँ रामपुरको वडाबाट कमान्डरको रुपमा भूमिका निर्वाह गरेको उनी बताउँछन् । त्यसपछि २०४८ सालमा भएको प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका तत्कालीन उम्मेदवार स्वर्गीय महेन्द्र नारायण निधिका लागि आफ्नै वडा १५ मा पोलिङ एजेन्ट तथा २०४९ सालको स्थानीय निर्वाचनमा जनकपुरको मेयरमा उठेका दिगम्बर रायको पोलिङ एजेन्ट भएर काम गरेको उनले बताए ।

२०५३ सालको प्रतिनिधि सभामा निर्वाचनमा विमलेन्द्र निधिका लागि पनि पोलिङ एजेन्टको रुपमा काम गरेका थिए । त्यसपछि उनी जनकपुर नगर कमिटीको सदस्य, सचिव हुँदै सभापति भएका थिए ।

उनको वडामै रहेको माध्यमिक विद्यालय कुवा रामपुरमा २०६० देखि २०७० सालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए ।

निमाविलाई माविस्तरसम्म पुर्‍याएको तथा नगर समितिमा सदस्य, सचिव हुँदै सभापति बन्दा नगरस्तरीय योजनाबाट विभिन्न वडामा विकास निर्माणको काम गराएको प्रतिफलस्वरूप पनि अहिले मतदाताहरूले मत दिएको उनले बताए ।

जनकपुर उपमहानगरमा ५ वर्षसम्म प्रतिपक्षी भूमिकामा जनताको मुद्दा उठाउँदै आएकाले पनि जनताले मत दिएको उनको जिकिर छ ।

दोस्रोपटक पनि नगर समितिको सभापतिमा निर्वाचित भएर काम गरिरहेकै अवस्थामा उनी कांग्रेसबाट अलग भएर मेयरको प्रतिस्पर्धामा छन् ।

निधिसँगको निकटता, अब नेता मान्न सहज छैन

उसो त उनका बुवा स्वर्गीय मोहनप्रसाद साह नै कांग्रेसका सक्रिय कार्यकर्ता थिए । उनको संगत महेन्द्रनारायण निधीसँग थियो । त्यस कारण मनोज पनि स्वाभाविक रूपमा निधि परिवारसँग निकट रहे । कांग्रेसमा उनले त्यहाँका नेता रामसरोज यादव र विमलेन्द्र निधिलाई नेता मान्ने गरेका थिए । टिकट नपाएर स्वतन्त्र उम्मेदवार बन्नु परेपछि उनको मन फेरिएको छ ।

'हिजो म कांग्रेसमा हुँदा निधिजी र रामसरोज यादवजी नै मेरो नेता हुनुहुन्थ्यो, मैले खुलेर पनि त्यो भन्ने गरेको थिएँ,' उनले लोकान्तरसँग भने, 'तर अहिले परिस्थिति फेरिएको छ । मैले अब पनि उहाँहरू मेरो नेता हुनुहुन्छ भनेर भन्न सक्दिनँ ।'

कांग्रेसमा फर्किन शर्त

मेयरमा जितेपछि कांग्रेसमा फर्किने कि नफर्किने भन्ने विषयमा अहिल्यै केही भन्न नसकिने उनी बताउँछन् । 'कांग्रेसले मलाई फेरि लिने वा नलिनेभन्दा पनि म अब कांग्रेसमा फर्किने कि स्वतन्त्र नै रहने भन्ने कुरा हो,' उनले थपे, 'संघीयता आए पनि पार्टीभित्र संघीयता र डेमोक्रेसी आएको छैन । जिल्ला, नगरले आफ्नो निर्णय गर्न पाउने अधिकारलाई केन्द्रले नमान्ने हो भने फेरि पनि कांग्रेसमा फर्किनुको कुनै अर्थ छैन ।'

पार्टीले आफ्नो कमी कमजोरी स्वीकार गरेर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई स्वीकार नगरेसम्म फर्किने अवस्था नरहेको उनले बताए ।

राजनीतिक दलको हैसियतको आधारमा गठबन्धन गर्ने सहमतिविपरीत पार्टीले जसपाका लाल किशोर साहलाई छाडेको कुराले उनलाई अहिलेसम्म चित्त दुखेको छ ।

पार्टीका सम्पूर्ण कार्यकर्ताको भावनाविपरीत केन्द्रबाट जबर्जस्ती निर्णय लाद्ने काम भएको उनले बताए ।

'त्यति बेला संघीय समाजवादी फोरमबाट मेयरका उम्मेदवार विष्णुदेव साहले ३ हजारको हाराहारीमा मत ल्याउनुभएको थियो । २५ वडामध्ये १७, १८ र १९ वडामा मात्र वडाध्यक्ष जितेको पार्टीका लागि मेयर छाड्नु नै गल्ती थियो,' उनले थपे, 'फेरि जुन व्यक्तिलाई गठबन्धनबाट टिकट दिइयो, त्यो व्यक्ति नै भ्रष्ट हो । गलत व्यक्तिलाई चुनेपछि पनि पार्टीभित्र बस्नुको औचित्य अब सकिएको भन्दै विद्रोह गर्दै राजीनामा दिएको हो ।'

जितेपछिको प्राथमिकता

उनले अहिले जितिसकेका छैनन् तर मतपरिणाम को रुझानले उनी जित्ने लगभग पक्का देखिएको छ । निर्वाचनका क्रममा घरदैलो गर्दा होस् वा २१ बुँदे घोषणापत्रमार्फत जारी गरिएको प्रतिबद्धता पूरा गर्नेतर्फ काम गर्ने उनले बताए ।

विगतका प्रतिनिधिले ५ वर्षमा सर्वदलीय बैठक र विषय विज्ञलाई बोलाएर नीति तथा योजना बनाउने काम नगरेको भन्दै उनले आफूले त्यो गल्ती नदोहोर्‍याउने बताए ।

'असार १० गते पालिकाको बजेट आउँछ, त्यसअघि प्रत्येक दिन विषय विज्ञसँग परामर्श गर्दै व्यापार, शिक्षा, स्वास्थ्य, कृषिदेखि अन्य सबै समस्याहरूका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना ल्याएर बजेटमा व्यक्त गर्नेछु,' उनले लोकान्तरसँग भने, 'सँगै जनकपुरधामको फोहोरमैला व्यवस्थापनदेखि लामखुट्टे, छाडा चौपायालगायतको व्यवस्थापनमा पनि ठोस योजना ल्याउँछु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x