असार १६, २०७९
गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोट...
नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ ।
एशोसिएशनले शुक्रवार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।
कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधनगर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो ।’
अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको देखिएको बताए ।
उनले भने,‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो ।’
बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो ।
सो अन्तक्र्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
अन्र्तक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफुहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए ।
कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखेका थिए । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको थियो ।
नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो ।
रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद रु १५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।
साथै, नाडाका सदस्यहरुले निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोट...
अर्थ मन्त्रालयले नेपाल आयल निगम लिमिटेडलाई भएको घाटा शोधभर्ना गर्न ८ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक अजित अधिकारीले निगमले माग गरेअनुसार तत्कालै ८ अर्ब रुपैयाँको व्यव...
कृषिप्रधान देश नेपालमा वर्षेनी २७ अर्बको चामल र १५ अर्बको धान आयात हुने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको हो ।...
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटवार्तामा चेम्बरका पदाधिक...
बैंकिङ प्रणालीमा चालू आर्थिक वर्ष लागेदेखि नै देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै उस्तै छ । बैंकहरूमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले ठूल्ठूला लिलामीका सूचना निकालिरहेका छन् । पछिल्लो समय न...
अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरका...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...