×

Dabur
Nic Asia
Marvel

रुकुम (पूर्व)मा कार्यपालिका सदस्य निर्विरोध

रुकुम पूर्व | जेठ ८, २०७९

TVS INSIDE

रुकुम(पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । 

morang Auto yamaha

सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथा अल्पसङ्ख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस्तै भूमेमा गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ सुनकुमारी रोका, विमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध हुनुभएको छ । दलित तथा अल्पसङ्ख्यकतर्फ भागिलाल दमार्इं र चेतबहादुर कामी निर्विरोध भएका छन्। 

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि चार महिला सदस्य गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका छ् ।  पुथाउत्तरगङ्गा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध हुनुभएको निर्वाचन अधिकृत नारायण चापागाईंले जानकारी दिए । रासस

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा जारी ‘अस...

असार १६, २०७९

नवनियुक्त राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाण पत्र पेश गरेका हुन् । उनले राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहमा ओहदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । &n...

असार १६, २०७९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पत...

असार १६, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन् । निजगढ सार्वजनिक सरोकार समिति र निजग...

असार १६, २०७९

लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका जनजाति समुदायद्वारा उत्पादन हुने पेय पदार्थ (रक्सी) को ब्राण्डिङ गरी बजारमा पठाउने तयारी थालेको छ । सरकारले स्थानीयलाई रोजगारी दिँदै आर्थिक सबलीकरण गर्न सकिने भन्दै लोकल...

असार १६, २०७९

निर्वाचन आयोगले गत  वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ ।  स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासको निरन्त...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x