असार १८, २०७९
नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...
मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिलीपकुमार अग्रवाल, उर्लाबारीकी गंगा खरेल, पथरीशनिस्चरका मोहन तुम्बापो, बेलबारीका दिलप्रसाद राई (डीपी) लेटाङका भूपेन्द्र लावती, रतुवामाईका नागेश्वरप्रसाद सिंह गन्गाईले शपथ लिएका हुन् ।
त्यस्तै कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति ईङ्नाम, केराबारीका सुमन मिरिङचिङ, मिक्लाजुङका बबी राई, ग्रामथानका जयप्रकाश चौधरी, कटहरीका देवराज चौधरी, जहदाका जितेन्द्रप्रसाद साह, धनपालथानका जिवछ गच्छदार र बुढीगंगा गाउँपालिकाका जीतनारायण थापामगरले पनि शपथ गरे ।
उनीहरूलाई मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुखहरूले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उद्घोष गरेका छन् । उनीहरूले सबैको साझा भएर काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् । उनले आफू पनि भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिनेसमेत बताए ।
कानेपोखरी गाउँपलिकाकी प्रमुख राजमति इङनामले एक कार्यकाल उपाध्यक्ष भएर चलाएको अनुभवले ५ वर्षे कार्यकालमा नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जनाइन् । महिलाले नेतृत्व गरेको पालिका अब्बल छ भन्ने बनाउने आफ्नो योजना रहेको उनले बताइन् ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरौला कार्कीले ‘शिक्षित र सबल महिलाको घर विराटनगर’ भन्ने नारा दिएर काम गर्ने बताइन् ।
प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले दलहरूकै सहयोगका कारण मोरङमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न सहज भएको बताएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनप्रतिनिधिले जनताको सरकार आफूसँगै छ भन्ने अनुभूति हुने गरी काम गर्नुपर्ने धारणा राखे ।
मोरङका १७ पालिकामध्ये नेकपा एमालेले ८ वटा पालिकामा प्रमुख/उपप्रमुख नै जितेको छ । एक पालिकामा प्रमुख र ४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ ।
त्यस्तै नेपाली कांग्रेसले ३ वटा पालिकामा प्रमुख/उपप्रमुख दुवै जितेको छ । ५ वटा पालिकामा प्रमुख मात्र जितेको छ ।
नेपाली कांग्रेसले बेलवारी र नेकपा माओवादी केन्द्रले मिक्लाजुङमा उपप्रमुख जितेका छन् ।
नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...
नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्व...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...