असार १८, २०७९
र भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्ष...
कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं वाराणसी उडान आजबाट पुनः सञ्चालनमा आएको छ ।
विगत २ वर्षदेखि स्थगित रहेको बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको छ ।
यसअघि बुद्ध एयरले भारतको वाराणसी साताको २ उडान, प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको थियो ।
आज त्यसै अनुसार काठमाडौंबाट बिहान ७:१५ बजे बुद्ध एयरको एटीआर जहाज भारतको वाराणसी उडान भरेको थियो ।
सो उडानमा यात्रु संख्या ४४ र उडान सञ्चालन दलका ६ जना रहेका थिए । त्यसैगरि वाराणसीबाट काठमाडौंको लागि ८ बजेर ४५ मिनेटमा उडान भरेको थियो । वाराणसीबाट ३९ जना यात्रु काठमाडौं आईपुगेका छन् ।
यो उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरूलाई सहज र सजिलो हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
हिन्दुहरूका लागि वाराणसी मुख्य तिर्थस्थलहरूमध्ये एक हो । यहाँ विश्वनाथ मन्दिरलगायत भगवान बुद्धले पहिलोपटक प्रवचन दिनुभएको सारनाथ पनि नजिकै रहेको छ ।
वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरूको पनि चहलपहल निकै हुनेगरेको छ । यो उडानले विदेशी यात्रुहरूलाई पनि नेपाल आउजाउ गर्न सजिलो हुनेछ ।
त्यसैगरि भारतीय तिर्थालुहरूले पशुपतिनाथलगायत विभिन्न धार्मिकस्थलहरूको दर्शन गर्नसक्छन् । यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुनेछ । यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पुर्याउनेछ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरूको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ ।
बुद्ध एयरसँग ११ वटा एटीआर–७२, २ वटा एटीआर–४२ र २ वटा बीचएयरक्राफ्ट जहाजहरू रहेका छन् ।
र भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्ष...
मुलुकको व्यापार घाटा दिनानुदिन बढिरहेका बेला सरकारकी एकमन्त्रीले यसलाई न्यूनीकरण गर्ने उपाय सुझाएकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकि...
सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव...
बक्यौता बाँकी राखेर सञ्चालनमा समेत नरहेका वायुसेवा सञ्चालकको बैंक खाता र पासपोर्ट रोक्का गर्ने सूचनापछि ६ वटा कम्पनी सम्पर्कमा आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता बाँकी राखेका र हाल सञ्चा...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रतिनिधि मण्डलको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । सिबीफीनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलल...
नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...