×

NMB BANK
NIC ASIA

कछुवाको पर्याप्त अध्ययन हुनुपर्नेमा संरक्षणकर्मीको जोड

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कछुवा संरक्षणका लागि नेपालमा कछुवाको पर्याप्त अध्ययन हुनुपर्ने संरक्षणकर्मीहरूले जोड दिएका छन् ।

Muktinath Bank

विश्व कछुवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरूले कछुवासम्बन्धी पर्याप्त अध्ययन नहुनु र सचेतना जगाउन नसक्नुले कछुवा संकटमा पर्दै गएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पद्मकन्या बहुमुखी क्याम्पसका उपप्रध्यापक चन्द्रमणि अर्यालले कछुवासम्बन्धी नेपालमा पर्याप्त अध्ययन नभएको बताए ।


Advertisment
Nabil box
Kumari

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सन् २००८ देखि २०१८ को बीचमा नेपालका संरक्षण क्षेत्र भित्र जम्मा ६ वटा मात्रै अनुसन्धानका अनुमति लिइएको पाइयो,’ उनले भने, ‘संरक्षण क्षेत्र बाहिर पनि पर्याप्त अनुसन्धान भएका छैनन् ।’

Vianet communication
Laxmi Bank

उनले सरोकारवालाहरूले पनि कछुवालाई पर्याप्त ध्यान नदिएको बताए । कछुवाको खबटा घरमा राख्दा आँखा लाग्दैन तथा खबटा घोटेर खुवाउँदा बच्चाहरुको दम निको हुन्छ भन्ने अन्धविश्वासका कारण पनि विनाश बढ्दै उनको भनाइ छ । 

उनका अनुसार खानका लागि अव्यवस्थित रुपमा गरिने संकलन, वासस्थानहरूको विनाश र अन्तर्राष्ट्रिय रुपमा हुने व्यापार विश्वमा कछुवाका लागि मुख्य चुनौती हुन् ।

‘नेपालको सन्दर्भमा पनि अव्यवस्थित रुपमा गरिने संकलन र वासस्थानहरूको विनाश र गैरकानूनी व्यापार कछुवाका संरक्षणका लागि प्रमुख चुनौती हुन्,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी पाइने पुतली कछुवाहरूको अव्यवस्थित संकलन, बासस्थानको विनाश, घरमा पाल्ने आदि कारणले उनीहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।’ 

कार्यक्रममा त्रिचन्द्र क्याम्पसका वातावरण विज्ञान विभागका विद्यार्थी दुर्लभ पराजुलीले हेटौंडामा कछुवाहरूको संरक्षणका अवस्थाबारे जानकारी गराएका थिए । 

हेटौंडामा गरेको सर्भेमा २१ प्रतिशत मानिसहरुले कछुवाको मासु खाने गरेको पाइएको  उनले बताए । कछुवाको वातावरण हुने भूमिका थाहा नहुनु, अन्धविश्वासलगायतका कारण कछुवाको अवस्था संकटमा पर्दै गएको उनी बताउँछन् । 

गोल्डेनगेट इन्टरनेशनल कलेजका वातावरण विज्ञान स्नातकोत्तर तह प्रमुख तथा क्यारोनका अध्येता प्रकाशचन्द्र अर्यालले बारा जिल्लामा पहेँलो कछुवाको अवस्थाबारे जानकारी दिएका थिए । 

बारा जिल्लामा गरिएको अध्ययनमा ६७ प्रतिशतले जंगलबाट पहेँलो कछुवा संकलन गरेको, ६० प्रतिशतले भविष्यमा पनि संकलन गर्ने, ८५ प्रतिशतले अरुले संकलन गरेको देखेको बताएको उनको भनाइ छ । 

यस्तै ५३ प्रतिशतले पहेँलो कछुवाको मासु खाएको, करीब ६६ प्रतिशतलाई कानूनले कछुवा संकलन ओसारपसार तथा खान वर्जित गरेको छ भन्ने विषयमा जानकारी नभएको र करीब ९८ प्रतिशतले त्यस क्षेत्रमा कछुवा संरक्षणका कुनै कार्यक्रमहरू नभएको जनाएको उनले बताए । 

‘आक्रामक नहुने भएकाले मान्छेले घरमा राख्न मन पराउने, संरक्षणमा चासो नभएकाले पनि कछुवा संकटमा पर्दै गएको छ,’ उनले भने ।

कार्यक्रममा सहभागीहरुले कछुवा संरक्षणलाई मानिसको जीविकोपार्जनसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए ।​

विश्वमा ३६० प्रजाति तथा ४८२ उपप्रजातिका कछुवाहरू पाइन्छन् । त्यसमध्ये करीब ५२ प्रतिशत संकटापन्न अवस्थामा  छन् । १६ प्रजाति र १८ उपप्रजातिहरू पाइने नेपालमा  ७५ प्रतिशत प्रजाति संकटापन्न अवस्थामा छन् ।

नेपालमा पाइने कछुवामध्ये रेडक्राउन रुफ्ड टर्टल (बातागुर कछुगा, थ्रि स्ट्राइप्ड रुफ्ड टर्टल बातागुर ढोगांखा र स्पोटेड पोण्ड टर्टल (जियोक्लेमिक्स ह्यामिल्टोनि)) पाइन्छ/पाइँदैन भनेर यसै भन्न नसकिने उपप्रध्यापक चन्द्रमणि अर्याल बताउँछन् । 

दिवसको अवसरमा वातावरण अध्ययन तथा संरक्षण केन्द्र, उभयचर तथा सरिसृपका साथीहरु (क्यारोन) तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको आयोजनामा बत्तीसपुतलीस्थित कलेजमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x