×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मधेशमा माओवादीको खस्किँदो छवि– २१ सीटबाट किन खुम्चियो ९ मा ?

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा २१ स्थानीय तहमा जीत हात पारेको थियो तर २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जम्मा ९ पालिकामा मात्र जित्न सफल भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत स्थानीय निर्वाचनभन्दा १२ स्थानीय तह कम जित्दा मधेशमा माओवादीको तीव्र क्षयीकरण हुँदा अस्तित्व नै संकटमा देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीले सप्तरीको खडक नगरपालिका, सिरहाको मिर्चैया नगरपालिका, धनुषाको सबैला नगरपालिका, सर्लाहीको बागमती, हरिवन र बलरा नगरपालिका, बाराको जीतपुरसिमरा उपमहानगरपालिकासहित ६ नगरपालिका र १ उपमहानगरपालिकामा प्रमुख जितेको छ । सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गा भगवती गाउँपालिकासहित २ पालिकामा अध्यक्ष जितेको छ ।


Advertisment
Nabil box
Kumari

१३६ पालिका रहेको मधेश प्रदेशमा माओवादीले ९ पालिका मात्र जित्नु भनेको मधेशमा माओवादी लगभग पत्तासाफ भएको अवस्थामा आइपुगेको हो । त्यसै पनि संगठन कमजोर बनेको अवस्थामा स्थानीय तहको निर्वाचनको परिणामले माओवादी कार्यकर्ताको मनोबल झन् खस्किएको छ ।

Vianet communication
Laxmi Bank

२०७४ सालमा माओवादीले सिरहाको कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई नगरपालिका, अर्नामा, औरही गाउँपालिका, रौतहटको कटहरावा, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकामा प्रमुख/अध्यक्ष जितेको थियो । पर्साको ठोरी, छिपहरमाई, जगरनाथपुर गाउँपालिका, महोत्तरीको गौशाला, बर्दिवास, रामगोपालपुर नगरपालिकार सम्सी गाउँपालिकामा प्रमुख/अध्यक्ष जितेको थियो ।

धनुषाको विदेह नगरपालिका, शहीदनगर नगरपालिका, सर्लाहीको बागमती र बरहथवा नगरपालिका, चक्रघट्टा गाउँपालिकामा प्रमुख/अध्यक्ष जितेको थियो ।

मधेशका २ शीर्ष नेताबीचको टकराव र दोषारोपण 

मधेशका २ शीर्ष नेताहरू गिरिराजमणि पोखरेल र मात्रिकाप्रसाद यादवबीच लामो समयदेखिको टकरावका कारण पनि पार्टी कमजोर अवस्थामा पुगेको मधेशका कतिपय नेतादेखि कार्यकर्ताको विश्लेषण छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा पार्टी पराजयको मुख्य जिम्मेवारी मधेशका २ नेता गिरराजमणि पोखरेल र मात्रिकाप्रसाद यादवले लिनुपर्ने बताउँछन् । ‘विगत डेढ दशकदेखि यी २ नेताले नै सबैभन्दा बढी सत्ता र पद पाउनुभएको हो,’ शर्माले लोकान्तरसँग भने, ‘तर १५ वर्षदेखि उहाँहरूले आफ्नो संसदीय निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा विकास नै गर्नुभएन, त्यसैले अन्य ठाउँमा माओवादीले जित्ने कुरा हुँदैन ।’

यी २ नेताहरूबीच चरम गुटबन्दी मात्र नभएर मधेशका अन्य नेताहरूको राजनीतिक करियर नै सिध्याउने तरिकाले सधैं षड्यन्त्र गरेर हराउन भूमिका खेलेको उनले आरोप लगाए । ‘दुवै नेताले सधैं सत्तामा रहेर भ्रष्टाचार गर्नुभयो तर भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्न हामीले अध्यक्ष प्रचण्डलाई पटक–पटक भने पनि उहाँले कुनै कारवाही गर्नुभएन,’ उनले थपे, ‘अध्यक्ष प्रचण्डले बोल्ड निर्णय लिन सक्नुभएको छैन । किं कर्तव्य विमुढ भएर बस्नुभएको छ । उहाँले त्यस्तो निर्णय गर्न के बाध्यता वा लाचारी हो हामीले बुझ्न सकेका छैनौं ।’

लामो समयदेखि पार्टी प्रदेश कमिटीविहीन हुँदा पनि यस्तो अवस्था आएको उनले बताए । ‘स्थानीय चुनावलाई पार्टी अध्यक्ष प्रचण्डले चुनाव नभएर युद्धको संज्ञा दिनुभएको थियो,’ उनले भने, ‘तर विना सेनापति, विना सेनाको आत्मघाती युद्ध लड्नुभयो, परिणाम स्वरूप पराजय भयो ।’ प्रदेश अध्यक्ष विना नै चुनाव लड्दा यस्तो दूरावस्था भएको उनले बताए ।

तर माओवादी स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल भने नेताबीचको गुटबन्दीका कारण पराजय भएको आरोपलाई अस्वीकार गर्छन् । ‘मात्रिकाजी र मेरोबीच टकरावको कारण पार्टीले हार्‍यो भन्ने कुरामा म विश्वास गर्दिनँ,’ उनले लोकान्तरसँग भने, ‘पार्टी किन हार्‍यो भन्ने कुराको जवाफ भूगोलको जिम्मेवारी पाउनुभएका साथीलाई सोध्नुहोस् । म त स्कूल विभागको जिम्मेवारी पाएको मान्छे हो ।’

चुनावकै बेलादेखि आफूलाई सन्चो नभएका कारण ‘ग्राउन्ड रियालिटी’ बुझ्न बाँकी नै रहेको उनले बताए । ‘मलाई चुनावकै बेलादेखि अलि एलर्जी भएर ज्वरो आएको थियो,’ उनले थपे, ‘त्यसकारण ग्राउण्डका साथीहरूबाट सूचना पाएपछि मात्र पार्टी किन हार्‍यो भन्ने कुरा तपाईंलाई बताउन सक्छु ।’

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिकाप्रसाद यादव भने पार्टी नेतृत्वविहीन हुनुको कारणले मधेशमा माओवादीले नराम्रो पराजय व्यहोर्नुपरेको बताउँछन् ।

गत स्थानीय निर्वाचनमा टिकट वितरणको संयोजक उनी आफैं हुँदा २ दिन अगाडि नै टिकट वितरण गरेको बताए । तर यसपटक टिकट वितरणमै अन्योल हुनुका साथै प्रत्येक पालिकाका उम्मेदवारबाट १ हजार रुपैयाँ शुल्क पनि उठाइएको उनले बताए । तर पनि उम्मेदवारले समयमा टिकट नपाउँदा समस्या बढी देखिएको उनी बताउँछन् ।

‘चुनावमा न त पार्टी थियो न त नेतृत्व,’ यादवले लोकान्तरसँग भने, ‘त्यसबाहेक टिकट वितरणमा पनि नेतृत्वले गरेको बदमासी पनि हारको प्रमुख कारण हो ।’

उम्मेदवारी मनोनयन भएको दिन १ बजे मात्र उम्मेदवार तथा त्यस क्षेत्रका नेताले थाहा पाउँदा पनि समस्या भएको उनले बताए । ‘कतिपय स्थानमा त टिकटको अन्यौलकै कारण वडाध्यक्षको उम्मेदवार समेत खोज्न गाह्रो भयो भने कतिपय स्थानमा एउटै पदका लागि २ जनालाई समेत टिकट दिएको भेटियो,’ यादवले लोकान्तरसँग थपे, ‘मेरै गृहपालिका सबैला नगरपालिकामा कसले टिकट पाउने हो भन्ने कुरा उम्मेवारी मनोनयन भएको दिन १२ बजे मात्र थाहा पाएको थिएँ ।’

त्यसबाहेक गत निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्नेलाई पार्टीको नेतृत्वले कारवाही गर्नुपर्नेमा उल्टै बढुवा गरेर थप जिम्मेवारी दिँदा पनि अहिलेको परिणाम आएको उनले जिकिर गरे । ‘पार्टीभित्र दण्डहीनता बढ्दै गएको छ, अन्तर्घात गर्नेमाथि एक्सन लिनुको साटो थप जिम्मेवारी दिएर प्रोमोसन गरेपछि यस्तो अवस्था हुनु स्वाभाविक हो,’ उनले थपे, ‘अब यो सबै विषयको जवाफ पार्टीबाट जिम्मेवारी पाएका नेतृत्वले दिनुपर्छ ।’ 

चुनावमा आफूलाई पार्टीले कुनै जिम्मेवारी, भूमिका नदिएको हुनाले आफूले जवाफ दिन नमिल्ने उनले बताए । उनले आफ्नो गृहपालिका सबैला नगरपालिकामा आफ्ना भाइ कारिराम यादवलाई नगर प्रमुखमा जिताउन भने सफल भएका छन् ।

पराजयको नैतिक जिम्मेवारी लिन तयार छु– प्रदेश इन्चार्ज साह 

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज गणेश साह भने पार्टी पराजयको नैतिक जिम्मेवारी लिन तयार रहेको बताउँछन् । पार्टीको पराजयदेखि मधेशमा नयाँ नेतृत्व विकास गर्न नसकेको जिम्मेवारी लिन आफू तयार रहेको उनले बताए ।

‘जे जति कारणले पनि पार्टी हारेर पाँचौं स्थानमा पुग्दा नैतिक मात्र होइन, अन्य जिम्मेवारी लिएर पद छोड्न तयार छु,’ उनले लोकान्तरसँग भने, ‘म त त्यसै पनि केयर टेकर भूमिकामा मात्र न हो, राजीनामा गर्नै परे राजीनामा पनि गरौंला ।’

पार्टी भित्रको आन्तरिक संगठन चुस्त–दुरुस्त नहुनु तथा व्यवस्थापन पनि नहुनु पनि पराजयको प्रमुख कारण रहेको उनले बताए । प्रदेश कमिटी गठन नगरिनु, पालिका स्तरीय कमिटी गठन नगर्नु, विना कुनै तयारी चुनावमा होमिनु पनि प्रमुख कारण रहेको उनले औंल्याए । अन्य दलले २ वर्ष पहिले चुनावको तयारी शुरू गरिसकेका थियो तर माओवादीले कुनै तयारी नै नगरेको उनले बताए ।

‘त्यसबाहेक मधेशको चुनावमा अन्य दलका उम्मेदवारले गरेको पैसाको चलखेल, भोट किनबेच पनि हारको अर्को प्रमुख कारण हो,’ साहले लोकान्तरसँग भने, ‘कांग्रेसका उम्मेदवारको पक्षमा प्रहरी प्रशासनको दुरुपयोग हुनु, पार्टीभित्र अन्तर्घात हुनुले पनि पार्टी पाँचौं स्थानमा खुम्चिएको हो ।’

आफूले इन्चार्जको भूमिका रहरले नभएर अध्यक्ष प्रचण्डले बाध्यात्मक परिस्थितमा जबरजस्ती दिएपछि लिएको उनले बताए । ‘मलाई आगामी दिनमा कुनै निर्वाचन लड्नु पनि छैन, त्यस्तो क्षमता पनि छैन,’ उनले लोकान्तरसँग थपे, ‘तर पार्टीका प्रतिनिधिसभा सदस्य, प्रदेशका मन्त्रीदेखि ४४ जना केन्द्रीय सदस्य भएको पालिकामा पनि हार हुँदा उहाँहरूले पनि आ–आफ्नो भागको जिम्मेवारी लिनुपर्ला नि !’

‘मैले आगामी दिनमा संघीय सांसद वा प्रदेश सांसदमा लड्नु पनि छैन, लड्ने क्षमता पनि छैन,’ उनले थपे, ‘तर छिट्टै प्रदेश सांसद र संघीय सांसदको पनि निर्वाचन आउँदैछ, पार्टीको बैठकमा पराजयको गम्भीर समीक्षा गर्दै आगामी दिशा तय गर्नु आवश्यक छ ।’

समग्रमा मधेशमा प्रचण्डकै हार !

मधेश प्रदेशमा पराजयपछि माओवादी नेता तथा कार्यकर्ताबीच एकआपसमा दोषारोपण भए पनि समग्रमा हारको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डले नै लिनुपर्ने चर्चा समेत हुन थालेको छ । प्रचण्ड २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा मधेशबाटै निर्वाचित भएका थिए । 

‘मधेशसँग लभ परेको’ अभिव्यक्ति दिएर २०७० सालको संविधानसभा निर्वाचनमा सिरहाबाट उनी विजयी भएका थिए । नेकपा एमालेका लिलानाथ श्रेष्ठलाई पराजित गर्दै उनी संविधान सभामा तथा तत्कालीन व्यवस्थापिका संसदमा पुग्न सफल भएका थिए । उनी निरन्तर मधेशलाई प्राथमिकतामा राख्दै मधेश भ्रमण गर्दा संगठन समेत तीव्र विस्तार भएको थियो । राति बास बस्नेदेखि बिहान मर्निङ वाक गर्दा जनताका बीचमा सिधा संवाद गरेर मधेशका मतदाताको मन जित्न सफल भएका थिए उनी ।

नयाँ युवाहरूको पनि प्रचण्डप्रति आकर्षण बढेको थियो । दिनहुँ पार्टी प्रवेशको कार्यक्रम आयोजना हुने गर्थ्यो । माओवादी पार्टीभन्दा पनि मधेशको मुद्दामा अन्य नेताभन्दा प्रचण्ड अलि बढी उदार देखिएको हुनाले पनि प्रचण्डको व्यक्तित्वप्रतिको आकर्षण मधेशमा बढेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति मधेशका मतदाताको वितृष्णाको फाइदा उठाउँदै माओवादीले २०७४ सालको स्थानीय निर्वाचनमा मधेशमा २१ सिट जित्न सफल भएको थियो तर त्यसपछि प्रचण्डको प्राथमिकतामा मधेश कम पर्न थाल्यो । अर्कोतिर ओलीले मधेशलाई बढी प्राथमिकता दिँदै मधेश भ्रमणको संख्या मात्र बढाएनन्, मधेशमा आफैं सक्रिय हुनुका साथै मधेशका एमाले नेताहरूलाई बढी सक्रिय पारेका थिए । परिणामस्वरूप माओवादीले २०७४ सालमा जितेका धेरैजसो पालिका यसपटक एमालेले माओवादीबाट खोसेको छ ।

मधेशमा माओवादीको प्रभाव खुम्चिएर पत्तासाफकै अवस्थामा पुग्न लाग्दा प्रचण्डले अब कस्तो रणनीति बनाएर कस्तो बोल्ड निर्णय लिनेछन् ? त्यो हेर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x