×

NMB BANK
NIC ASIA

सुन्दरी प्रतियोगिताको आडमा बलात्कार प्रकरण

डेरामा बस्ने मनोज पाण्डे ‘फाइभ स्टार’मा डिनर खुवाएर लोभ्याउँथे युवती !

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

८ वर्षअघि ‘ब्युटी प्याजेन्ट’को नाममा एक जना नाबालिग बलात्कार गरेको आरोपमा मनोज पाण्डे प्रहरी हिरासतमा छन् ।

Muktinath Bank

काठमाडौंमा डेरामा बस्दै आएका पाण्डेको दिनचर्या पाँचतारे होटलमा बित्ने गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि व्यक्तिलाई भेट्न उनले काठमाडौंका पाँचतारे होटलमा बोलाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले बिहान र साँझको खाना पनि पाँचतारेमा नै खाने गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सुन्दरी प्रतियोगिताको नाममा उनले सुन्दरीहरूलाई पाँचतारे होटलमा बोलाएर प्रभावमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

‘काठमाडौंमा डेरामा बस्ने तर उनको दिनचर्या र खानपान भने उपत्यकाका पाँचतारेमा हुने गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पाण्डेले युवतीलाई यौन दुर्व्यवहार गर्ने गरेका कारणले उनकी पत्नीले सम्बन्धविच्छेद गरेर अलग्गै बस्ने  गरेकी छन् ।

‘उनकी पत्नीले पाण्डेको हर्कतका कारण डिभोर्स लिएर छुट्टै बस्ने गरेको पाइयो,’ ती अधिकारीले लोकान्तरसँगको कुराकानीमा भने ।

सौन्दर्य प्रतियोगिताको नाममा उनले युवतीलाई प्रलोभनमा पारेर मानव तस्कर गर्ने गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनी ‘सिरियल रेपिस्ट’ (बलात्कारी) भएको हुन सक्नेतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

अहिले प्रहरीमा आएका बालिका र युवतीको ट्रेन्डलाई हेर्दा उनी सिरियल रेपिस्ट हुन सक्ने प्रहरीको दाबी छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याक मेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको विषय पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानबिन गर्न दबाब बढेको थियो । यस विषयमा प्रधानमन्त्री कार्यालय बालुवाटारअगाडि अधिकारकर्मीले आन्दोलन गरेका थिए । संसदमा समेत बलात्कारको विषयमा आवाज उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा सरकारलाई रुलिङ गरेका थिए ।

त्यसपछि सरकारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरसहित ५ जनाको समिति बनाएको थियो । त्यो टोलीले पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीको परामर्शमा पीडित युवतीलाई जिल्ला अदालतमा जाहेरी दिन लगाएर बयान प्रमाणित गरिएको थियो ।

त्यसलगत्तै अदालतले पाण्डेलाई ५ दिन हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसारमा म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

आफूलाई यौन दुराचार गरेको भन्दै १६ वर्षभन्दा कम उमेरकी एक बालिकाले पाण्डेविरुद्ध सोमवार प्रहरीमा जाहेरी दिएकी छन् । अर्की बालिका प्रहरीको सम्पर्कमा आएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x