असार २२, २०७९
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । ...
काठमाडाैं | जेठ १०, २०७९
बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना सरकार आफैंले बनाउने घोषणा गरेको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय सरकारको संयुक्त सदनमा मंगलवार सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुढीगण्डकी जलविद्युत आयोजना नेपाल सरकारकै लगानीमा बनाउने घोषणा गरेकी हुन् ।
यसअघि सरकारले चिनियाँ कम्पनीलाई उक्त आयोजना निर्माण गर्न दिने निर्णय गरेको भए पनि पछि फिर्ता लिएको थियो ।
त्यसै गरी आगामी आर्थिक वर्षमा पश्चिम सेती आयोजना, तल्लो अरुण परियोजना र सेती रिभर-६ जलविद्युत आयोजनाको निर्माण कार्य शुरू गर्ने घोषणा सरकारले गरेको छ ।
सरकार र नीति क्षेत्रको लगानीका बनिरहेका जलविद्युत आयोजना सम्पन्न गरेर आगामी आर्थिक वर्षमा ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कार्यक्रम सरकारले ल्याएको छ ।
त्यसबाहेक, विद्युत खपत बढाउन र खाना पकाउने ग्यासको प्रयोग घटाउन विद्युत महशुल दर पुनरावलोकन गरिने घोषणा पनि सरकारले गरेको छ ।
नेपाल र भारतले संयुक्त रुपमा जारी गरिएको ऊर्जा विकाससम्बन्धी दीर्घकालीन अवधारणाबमोजिम विद्युत उत्पादन प्रसारण प्रणाली विस्तार, द्वीपक्षीय विद्युत व्यापार, दुवै देशका राष्ट्रिय प्रसारण लाइनको समन्वयात्मक उपयोग र संस्थागत क्षेत्रमा भएका अवसरको उपयोग गरिने नीति सरकारले लिएको छ ।
आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न, उत्पादन वृद्धि गर्न लगानी वृद्धि गर्ने घोषणा पनि सरकारले गरेको छ ।
जलाशययुक्त तथा नदी वेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४०० केभीए क्षमताका राष्ट्रिय तथा अन्तरदेशीय विद्युत प्रसारणलाई विस्तार आगामी आर्थिक वर्षबाट शुरू गरिने सरकारको कार्यक्रममा उल्लेख छ ।
विद्युत वितरण भरपर्दो बनाइने, हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशन स्थापनामा लगानी गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।
विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गर्ने कार्यक्रम सरकारले पनि ल्याएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । ...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्...
नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन्। दैनिक दर्जनौँपटक विद्युत् जाने–आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन्। भरतपुर वि...
पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब...
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतवारदेखि बन्द हुने जनाएको छ । कार्यालयले...
सरकारले निर्माण व्यवसायीको माग पूरा गर्न आइतवार (२० असारमा)मा सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेको छ । निर्माण व्यवसायीलाई रिझाउन सरकारले साढे तीन महिनामा नै यसलाई संशोधन गरेको हो । यससँगै खरिद न...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...