×

NMB BANK
NIC ASIA

८०० किलोमिटर सडक र ३०० पुल निर्माण गरिने

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले आगामी आर्थिक वर्षमा थप ८०० किमी सडक निर्माण, २५७ किमी स्तरोन्नति गर्ने र ३०० पुल निर्माण गर्ने भएको छ । 

Muktinath Bank

आज बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण सरकारको योजना रहेको बताइन् । पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एशियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुरुप कामलाई तीव्रता दिइने उनले बताइन् । पथलैया–कमला र पथलैया–नारायणगढ खण्डको निर्माण सुरु गरिने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ तराई मधेस दु्रतमार्ग तोकिएको समयमा सम्पन्न गर्न निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय राजमार्ग र तराई÷मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तीमा चार लेनमा स्तरोन्नति गरिने छ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिइने सरकारको योजना छ । 


Advertisment
Nabil box
Kumari

चक्रपथलगायत काठमाडौँ उपत्यकाका सडक बिस्तार र स्तरोन्नति गर्नुका साथै सम्भाव्य स्थानमा फ्लाई ओभर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तीन तहको सरकारको साझेदारीमा कालोपत्र सडक नपुगेका स्थानीय तहमा सडक निर्माण गरी प्रादेशिक तथा राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने बताइएको छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय गौरबका कालीगण्डकी, कर्णाली र कोसी करिडोर निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कर्णाली करिडोरमा बाँकी ट्याक खोल्ने काम सम्पन्न गरेर आगामी वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिने उल्लेख छ । 

हुलाकी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग दु्रतरुपमा सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ । गल्छी–रसुवागढी सडकलाई दुई लेनको कालोपत्रमा स्तरोन्नति गरिनेछ । चन्द्रनिगाहपुर–गौर सडक चार लेनमा स्तरोन्नति र भारतीय सीमा नजिकका प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडक स्तरोन्नति प्राथमिकता दिइने योजना छ । 

मदन भण्डारी राजमार्गमा बाँकी काम चाँडो सम्पन्न गरिने छ । त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाई ओभर, अण्डर पाससहित आधुनिक सडक सञ्जाल विस्तार गरिने छ । सिस्नेखोला–नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिने र सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने बताइएको छ । आगामी वर्ष नै पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवाल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमार्गको मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङ निर्माण गर्न पूर्वतयारी गरिनेछ । 

आगामी वर्ष स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने कार्यक्रममा उल्लेख छ । महाकाली नदीमा निर्माणाधीन दोधारा चाँदनी जोड्ने चार लेनको पुल निर्माण सम्पन्न गरिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x