असार १८, २०७९
फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ । निमेष प्रधान लिखित ...
नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ ।
देवेन्द्र पाण्डेको निर्देशनमा ‘मानिस ठूलो दिलले हुन्छ’ नाममा गीति चलचित्र बन्न लागेको हो ।
चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको थियो ।
बुधवारबाट चलचित्रको छायाँकन शुरू भएको छ ।
सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा अबिनास न्यौपाने, श्रेया कार्की, मोहन निरौला, उत्तम केसी, सरु सुनार, शुभम् आचार्य, सविना न्यौपाने लगायतको अभिनय रहनेछ ।
चलचित्रलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् ।
उनले लेखेको ६ वटा लोकगीतमा चलचित्र निर्माण हुन लागेको हो ।
चलचित्रमा केही प्रतिशत संवाद पनि हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पूर्ण नेपालीको एकल संगीतमा रहेका चलचित्रका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देशार, धर्मेन्द्र सेवान लगायतका गायक/गायिकाहरुको स्वर रहने छ ।
निर्माता पनेरुले आफूले व्यवसायिक उद्देश्य नबोकी चलचित्र निर्माण गर्न लागेको जानकारी दिए ।
'फरक फरक शैलीका लोकगीतमार्फत चलचित्रमा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ,’उनले भने ‘तर यो सुखान्त मुना मदन हुनेछ । यो चलचित्रले समाजलाई सकारात्मक सन्देश दिनेमा विश्वस्त छु ।’
भिन्न जातीका दुई केटा–केटीको प्रेमकथामा चलचित्र आधारित हुने उनले जानकारी दिए ।
यसअघि दुई चलचित्रको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका चलचित्रभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दाबी गरे ।
सामाजिक विषयवस्तुमा आधारित भएर चलचित्र बन्ने उनको भनाई छ । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले चलचित्र बनाउन लागको उनी बताउँछन् । उनले यसअघि दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
चलचित्रको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति चलचित्र निर्माण भएका छैनन् ।
करीब १५ दिन छायांकन हुने चलचित्रलाई उत्सव दाहालले खिच्नेछन् भने विकास दाहालले सम्पादन गर्नेछन् ।
चलचित्र निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा रिलीज गर्ने निर्माण टिमको लक्ष्य छ ।
फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ । निमेष प्रधान लिखित ...
बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कियारा आडवाणी स्टारर ‘जुग जुग जियो’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । विश्वभर यस चलचित्रले १ सय करोडको आँकडा पार गरेको बताइएको छ । चल...
रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...
एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् । त्यहाँ उनले अहिलेको च...
बलिउडका चर्चित निर्देशक मणि रत्नमको चलचित्र पोन्नियिन सेल्भन (पीएस–१) को मोशन पोस्टर सार्वजनिक भएको छ । लामोसमयसम्म चलचित्रबारे कुनै अपडेट नदिएको निर्माता टिमले मोशन पोस्टर सार्वजनिक गरेको हो ।&n...
ज्ञानेन्द्र देउजाले आफू निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरेका छन् । यूट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...