असार १६, २०७९
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
बुटवल | जेठ ११, २०७९
रूपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका चित्रबहादुर कार्कीले नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र शर्मालाई २ हजार ७२७ मतान्तरले पराजित गरेका थिए । कार्कीले १३ हजार ३९ मत ल्याउँदा शर्माले १० हजार ३०९ मत ल्याएका थिए ।
एमालेले ५ वर्षपछि यसपालिको चुनावमा उनै कार्की र उपमेयरमा पनि पुरानै बीना राना मगरलाई उम्मेदवार बनायो । कांग्रेसले पनि उनै शर्मालाई उम्मेदवार दोहोर्यायो ।
पुरानै अनुहार कार्की र शर्मा चुनावी मैदानमा आमनेसामने भए तर नतिजा फरक आयो । यसपटक शर्माले कार्कीलाई ५८२ मतान्तरले पराजित गरेर पुरानो हारको बदला लिए ।
शर्माले १५ हजार ६८६ मत ल्याउँदा कार्की यसपटक १५ हजार १०४ मतमै खुम्चिए । उपमेयरमा राना दोस्रोपटक पनि निर्वाचित भइन् ।
‘जनताले यसअघि चित्रबहादुरलाई जिताए । यसपटक मलाई जिताए । आलोपालो भयो । जनमतलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्छ,’ शर्माले भने ।
शर्माले अब निवर्तमान मेयरसँग पनि सहकार्य गरेर नगरको योजनावद्ध विकासमा अगाडि बढ्ने बताए ।
रूपन्देहीकै सियारी गाउँपालिकामा ५ वर्षअघि २०७४ सालमा एमालेका अयोध्या थारूले कांग्रेसका थानेश्वर घिमिरेलाई ६५२ मतान्तरले पराजित गरेका थिए । त्यो बेला थारु निर्वाचित हुँदा ६ हजार ५२ मत आएको थियो भने घिमिरेले ५ हजार ४०० पाएका थिए ।
अहिले पनि उनै थारू र घिमिरेबीच प्रतिस्पर्धा भयो । अहिले फेरि उनै निवर्तमान मेयर थारूलाई घिमिरेले २ हजार ७७७ मतान्तरले पराजित गरे । घिमिरेले १० हजार ४५ मत ल्याउँदा थारुले ७ हजार २६८ मत मात्र ल्याउन सके ।
उपाध्यक्षमा दोहोरिएर एमालेबाट उम्मेदवार बनेकी अमृता गुरूङले पनि पराजित भइन् । अहिले एमालेसहित आफू पराजित हुनुमा धेरै ‘फ्याक्टर’ले काम गरेको थारू बताउँछन् ।
थारूले भने, ‘गृहमन्त्री आएर यहीँ बसेर जनतालाई अनेक प्रलोभन देखाए । गठबन्धनले पनि त्यसैमा बल थप्यो । त्यस्तै एमालेभित्र पनि अन्तर्घातले गर्दा पराजय भोग्नुपर्यो ।’ उनले मतपरिणामको छिट्टै समीक्षा गरेर पार्टी अगाडि बढ्ने बताए ।
प्यूठानको माण्डबी गाउँपालिकामा ५ वर्षअघि एमालेका श्रीधर रोकाले माओवादी केन्द्रका तत्कालीन उम्मेदवार नवराज अधिकारीलाई १२ मतले पराजित गरेका थिए । २०७४ सालमा रोकाले १ हजार ७५३ मत ल्याउँदा अधिकारीले १ हजार ७४१ मत पाएका थिए । अहिले पनि फेरि उनै रोका र अधिकारीबीच नै माण्डबीमा प्रतिस्पर्धा भयो । यसपटक रोकालाई अधिकारीले २६५ मतले पराजित गरे । अधिकारीले ३ हजार ६७६ र रोकाले ३ हजार ४१९ मत ल्याए ।
प्यूठानकै नौबाहिनी गाउँपालिकामा नेपाली कांग्रेसका शिवराज रिजालले २०७४ सालमा एमालेका दिलबहादुर थापालाई ९५१ मतले पराजित गरेका थिए । त्यो बेला रिजालको ५ हजार ५२६ र थापाको ४ हजार ५७५ मत पाएका थिए । अहिले पनि जित्ने दाउमा रहेका रिजाललाई उनै रिजाललाई दिलबहादुरले ८८४ मतले पराजित गरे । थापाले ६ हजार ५३६ र रिजालले ५ हजार ६६२ मत ल्याए । यहाँ पनि सत्तारुढ गठबन्धन एकठाउँमा र एमाले एक्लै प्रतिस्पर्धा गरेका थिए ।
यसअघिको निर्वाचनमा पराजय भोगेकाले यसपटक जीत निकालेका छन् । प्यूठानमा अघिल्लोपटक झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका तिलक जीसीसँग पराजित भएका माओवादी केन्द्रका पीतबहादुर महतरा क्षेत्री यसपालि ५ हजार ९२९ मतका साथ विजयी भएका छन् ।
दाङको लमही नगरपालिकामा अघिल्लोपटक पराजय भोगेका कांग्रेसका जोगराज चौधरी यसपालि निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार बसन्तराज शर्मालाई २ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी निर्वाचिन भएका छन् ।
बुटवल उपमहानगरपालिकामा यसअघि पराजय भोगेका कांग्रेसका खेलराज पाण्डे यसपालि निर्वाचित भएका छन् । उनले एमालेका बाबुराम भट्टराईलाई झण्डै ८ हजार मतान्तरले पराजित गरेर बुटवलमा २५ वर्षपछि कांग्रेसको साख फर्काएका छन् ।
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् । बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन् ...
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट&nd...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह नि...
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...