असार १६, २०७९
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट&nd...
काठमाडाैं | जेठ ११, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर या फागुमा प्रतिनिधि सभाको चुनाव हुने भन्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेकाले जनतालाई आश्वस्त तुल्याउने एजेन्डा लिएर चुनावमा जानुपर्ने उनले बताएका हुन् ।
नेपाली कांग्रेस भक्तपुरले स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई बधाई दिन बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सरकारले केही समयमा चुनावको मिति घोषणा गर्ने भन्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
‘यो चुनावमा कांग्रेसलाई भोट दिने मतदाताको संख्या बढेको छ । सीट मात्र बढेको होइन मतदान गर्नेको संख्या बढेको छ । लोकप्रियता बढेको छ,’ थापाले भने, ‘अब मंसिर या फागुनमा निर्वाचनमा जान्छौं, सरकारले केही दिनमा निर्णय गर्ला । आम निर्वाचन लाग्यो तपाईंहरूले आजैबाट तयारी थाल्नुस् ।’
महामन्त्री थापाले अरूका गल्ती कमजोरी औंल्याउने भन्दा पनि जनतालाई आश्वस्त पार्नेगरी चुनावमा जानुपर्ने बताए । ‘हिजो कसले के गरेन भनेर होइन, पाँच वर्ष जिम्मा पाउँदा हामी के गर्छौं र हिजोको गल्ती कसरी दोहोर्याउन्नौं भनेर जानुपर्छ,’ थापाले भने ।
महामन्त्री थापाले मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकालाई भक्तपुर जस्तै नमूना बनाउने काममा लाग्न निर्वाचित पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट&nd...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ । गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह नि...
पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ...
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छ...
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...