×

NMB BANK
NIC ASIA

युक्रेन युद्धको तीन महिना, सुस्त गतिमा भए पनि लक्ष्यतर्फ बढ्दै रुस

जेठ ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनमाथि आक्रमणको तीन महिना पुग्दा रुसी सेना र डोनेत्सक तथा लुगान्स्कका सुरक्षाबलहरू युक्रेनका विभिन्न स्थानमा सैन्य कारवाही चलाइरहेका छन् । 

Muktinath Bank

लिमान शहर नजिकको क्षेत्रलाई सुरक्षित बनाएपछि रुसी सैन्य इकाइहरूले उक्त शहरमा आक्रमण गरेका छन् । युक्रेनी सेनाको पोजिसनमा व्यापक आर्टिलरी आक्रमणपछि रुसी सैनिकहरू लिमानमा उत्तरपूर्वी दिशाबाट पसेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवारसम्म लिमानको अधिकांश भाग रुसीहरूको नियन्त्रणमा पुगेको छ । युक्रेनी इकाइहरूले दक्षिणपश्चिममा रहेका बाहिरी भागमा पोजिसन लिएका छन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै रुसी सैनिकहरू पोपास्नायाबाट विभिन्न दिशामा अघि बढिरहेका छन् । 

Vianet communication
Laxmi Bank

आक्रमणकारी इकाइहरू बाखमुततर्फ अघि बढिरहेका छन् । पिलिपचातिनो नामक स्थानमा भिडन्त भइरहेको छ । 

रुसी बलहरू जोलोतोए शहरमा पनि प्रवेश गरेका छन् । युक्रेनी इकाइहरूलाई किल्ला बनाएको ठाउँ र कमान्ड पोस्टबाट हटाइएको छ । दक्षिणी भागमा भिडन्त जारी छ ।

पोपास्नायाभन्दा उत्तरपश्चिममा रहेको भासिलेव्कामा पनि लडाइँ भइरहेको छ ।

बाखमुत र लिसिचान्स्कको बीचमा रहेको राजमार्ग रुसी बलहरूको गोलीबारीको निशाना बनेको छ । फलस्वरूप, सेभेरोडोनेत्स्क र लिसिचान्स्कमा रहेका युक्रेनी सैनिकहरूलाई सैन्य सामग्रीको आपूर्ति गर्न सकिएको छैन ।

सेभेरोडोनेत्स्कमा सडकमा लडाइँ चलिरहेको छ । घेराबन्दीको जोखिम भए पनि युक्रेनी सेनाको कमान्डले शहरभित्र अतिरिक्त सैनिकको तैनाथी गरेको छ । टेरिटोरियल डिफेन्स फर्मेसनका कम्तीका दुईवटा बटालियनलाई युद्धभूमिमा पठाइएको छ ।

डोनेत्स्कमा रुसी सेना र डोनेत्स्क मिलिसियाहरू स्वेत्लोदार्स्क क्षेत्रमा अघि बढिरहेका छन् । सोमवार उनीहरूले लुगान्स्कोए र मिरोनोव्स्की गाउँ नियन्त्रणमा लिएका थिए । 

मंगलवार रुसी झण्डा स्वेत्लोदार्स्कको प्रशासनिक भवनमा फहराइएको थियो । युक्रेनी सैनिकहरू उत्तरतर्फ पछि हटे । रुसीहरूलाई रोक्नका लागि युक्रेनी सैन्य इन्जिनीयरहरूले एउटा पुल उडाइदिए । त्यस्तै उनीहरूले उग्लेगोर्स्क रिजर्भोआरको बाँध भत्काउन विफल कोशिश पनि गरे ।

दक्षिणी युक्रेनमा द्वन्द्व चलिरहँदा खेर्सन क्षेत्रलाई रुसमा मिसाउने प्रक्रिया अघि बढाइएको छ । रुसी सैनिकहरूको नियन्त्रणमा रहेको खेर्सनमा रुसी मुद्रा रुबल र युक्रेनी मुद्रा हृव्निया दुवै चल्न थालेको छ ।

यसैबीच अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई थप सैन्य आपूर्तिको घोषणा गरेका छन् । डेनमार्कले हारपून एन्टी शिप क्षेप्यास्त्र दिनेछ भने चेक गणतन्त्रले किएभलाई ट्यांक, फायर सपोर्ट हेलिकप्टर र क्षेप्यास्त्र प्रणाली उपलब्ध गराइसकेको छ ।

युरोपेली संघका कूटनीतिक प्रमुख जोसेप बोरेलले संघको जगेडा हतियार सबै सकिएको र सदस्य मुलुकहरूको सुरक्षा नै खतरामा परेको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x