×

NMB BANK
NIC ASIA

नवनिर्वाचितलाई पदभार सम्हाल्न नपाउँदै बजेटको चटारो, प्रशिक्षण दिने सरकारको तयारी

जेठ ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अहिले बजेट निर्माणको चटारो छ । पदभार गरेसँगै उनीहरू बजेट बनाउनमा व्यस्त हुनुपरेको हो । 

Muktinath Bank

चालू आर्थिक वर्षमा निवर्तमान जनप्रतिनिधिले बनाएको बजेटअनुसार योजनाहरूको फरफारक गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुका साथै आगामी वर्षको लागि बजेट निर्माणमा लागिहाल्नुपर्ने अवस्था आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानूनमै स्थानीय तहले असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान राखिएको छ । सोही आधारमा अबको एक महिनाभित्र बजेट निर्माणको चरणमा लाग्नुपर्ने भार नवनिर्वाचित जनप्रतिनिधिमा आइपरेको छ । 


Advertisment
Nabil box
Kumari

नयाँ चुनिएर आएका प्रतिनिधिलाई बजेट कसरी निर्माण गर्ने भन्ने विषयमा प्रशिक्षण दिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि तयारी थालेको छ । 

Vianet communication
Laxmi Bank

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले प्रदेशमै तीन दिनको आवासीय प्रशिक्षण दिने तयारी गरिएको बताए । अहिलेसम्म करीब १५ प्रतिशत पुरानै प्रमुख/उपप्रमुख निर्वाचित भएको मन्त्रालयको अनुमान छ । ८५ प्रतिशत जनप्रतिनिधि नयाँ चुनिएर आएका छन् । 

'यसरी चुनिएर आउनुभएका नयाँ तथा पुराना जनप्रतिनिधिहरूलाई असार १० गते नै बजेट ल्याउन मार्गदर्शन गर्ने कामका लागि सबै प्रदेशमा तीन दिवसीय आवासीय प्रशिक्षण दिने तयारी मन्त्रलायले गरेको छ,' उनले लोकान्तरसँग भने, 'निर्वाचित भएर आउनुभएका सबै जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकारको बारेमा जानकारी दिँदै कानूनसम्मत ढंगले कार्य सम्पादन गर्न सकियोस् भन्ने उद्देश्यले मन्त्रालयले प्रशिक्षण दिने तयारी गरेको हो ।'

पहिलो चरणमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको छ । 

स्थानीय तहका जनप्रतिनिधिको काम कर्तव्य अधिकार, विगतका ५ वर्षे कार्यकालको जनप्रतिनिधिबाट भए गरेका राम्रा तथा नराम्रा कामको अनुभव, सार्वजनिक खरीदका विषय, स्थानीय तहको राजश्वका विषयदेखि वित्तीय हस्तान्तरणको विषय, वस्ती विकास तथा शहरी योजना भवन निर्माणसम्बन्धी मापदण्डको विषय, सुशासन, भ्रष्टाचार आदिका विषयमा प्रशिक्षण दिन लागिएको हो । 

दोस्रो चरणमा उपप्रमुख/उपाध्यक्षलाई छुट्टै न्यायिक समितिको विषयमा प्रशिक्षण दिइने छ । त्यसपछि वडाध्यक्ष र वडासदस्य समेतलाई बोलाएर उनीहरूको काम, कर्तव्य र अधिकारदेखि सिफारिस गर्नुपर्ने कुराहरूको विषयमा पनि प्रशिक्षण दिने तयारी गरिएको अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x