असोज १५, २०८०
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनअन्तर्गत गएराति भएको मतदानको मतगणना जारी छ । अध्यक्ष पदमा सल्यानका गुलाबजङ्ग शाहले अग्रता लिएका छन् । ३०० मतमध्ये २०० गन्दा उनले १८० मत ल्याएका छन् । यस्तै उनका निक...
ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।
उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका हुन् ।
'म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु,' उनले भने ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले समस्या परे फोन गर्न आफ्नो निजी नम्बरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
'पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाइँको सेवक, जय धरान,' उनले लेखेका छन् ।
उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को १ ज ६४० नम्बरको आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा छन् ।
यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । 'हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो,' उनले भने ।
लामो समयदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मंगलवार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् ।
राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन् ।
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनअन्तर्गत गएराति भएको मतदानको मतगणना जारी छ । अध्यक्ष पदमा सल्यानका गुलाबजङ्ग शाहले अग्रता लिएका छन् । ३०० मतमध्ये २०० गन्दा उनले १८० मत ल्याएका छन् । यस्तै उनका निक...
नेकपा (एमाले)को कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व छान्न भएको निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार अध्यक्षमा घनश्याम खतिवडाले सुरुवाती अग्रता लिएका छन् । खतिवडाले १४१ मत प्राप्त गरेका छन् । अर्...
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व छान्न भएको निर्वाचनको मतगणना भइरहेको छ । सोमवार साँझ ८ बजेसम्म प्रदेश अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकटका घनश्याम खतिवडाले अग्रता कायमै गरेका छन् । ...
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेवाः संघ केन्द्रीय समिति पुनर्गठन भएको छ । सोमबार काठमाडौँ खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट ज्ञानेन्द्र रत्न बज्राचार्यको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन गरिए...
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा बाँकी क...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दूअधिराज्य ल्याउन तेश्रो जनआन्दोलन शुरू गरेको बताएका छन् । आइतबार विरगन्जमा आयोजित आमसभामा बोल्दै अध्यक्ष थापाले गणत...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...