असार १६, २०७९
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्र...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधवार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गरे ।
जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे । ‘जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौं भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,’ उनले भने ।
वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गरे । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
‘समाज विकासका लागि आफैं अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन्,’ पौडेलले भने, ‘समाजका लागि केही गर्नुपर्छ भन्ने संकल्प बोक्नुपर्छ ।’
वरिष्ठ नेता पौडेलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनेतर्फ अगाडि बढ्न आग्रह गर्दै भने, ‘आत्मज्ञान सबैभन्दा ठूलो कुरा हो, पहिला आफैंले आफैंलाई चिन्नुपर्छ, आफूभित्र के छ त्यसलाई चिन्नुपर्छ ।’
राजनीतिक रूपमा मात्र नभई सामाजिक र आर्थिक रूपमा समेत परिवर्तन भइरहेको वरिष्ठ नेता पौडेलले बताए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्र...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग हुने तयारीमा रहेका छन् । स्रोतका अनुसार संघीय परिषद् अध्यक्ष डा भट्टराईले आ–आफ्नो बाटो लाग्नेगरी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसके...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोइराला पक्षी...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एव...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सत्तारुढ गठबन्धन लगायत विषयमा छलफल भएको छ । बिहीवार भएको भेलामा समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था, महंगी र पार्टीको आन्तरिक विषयमा छलफल ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...