×

NMB BANK
NIC ASIA

स्थायी बसोबासका लागि अमेरिका उडिन् बीमाकुमारी दुरा

जेठ १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुरा स्थायी बसोबासका लागि अमेरिका उडेकी छिन् ।

Muktinath Bank

उनी आफ्नो श्रीमानसहित बिहीबार अमेरिका उडेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनकी एकमात्र छोरी ४ वर्षदेखि अमेरिकामै छिन् । छोरीले सबै बन्दोबस्तो मिलाएपछि उनी अमेरिका बस्ने निधो गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

अमेरिका उड्ने क्रममा गायिका बीमाले आफू बाध्यताले देश छाडेर जान लागेको बताएकी छिन् । छोटो भिडियो सार्वजनिक गर्दै उनले आफूजस्तो रोएर अरु जनतालाई हिँड्न नपरोस् भनेकी छिन् ।

Vianet communication
Laxmi Bank

‘मेरो देश प्यारो छ मलाई । मलाई हुर्कायौ, सात समुद्रसम्म घुमायौ धन्यवाद नेपाललाई’ उनले भनेकी छिन् ‘तर, न्याय कहाँ छ भन्न चाहान्छु ।’

गायिका बीमाकुमारीले गीत गाएको पैसा बचत गरेर काठमाडौं गोंगबुमा पाँचतले घर ठड्याएकी थिइन् ।

दुःखले जोडेको उक्त घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगीको शिकार भएकी थिइन् ।

दुराले केही लाखको चेक पाएपछि विश्वासमा परेर घर पास गरिदिएको तर हातमा लालपुर्जा परेपछि ठगले सहकारीमा घर धितो राखेर डेढ करोड ऋण लिएका थिए ।

त्यसपछि ठग सम्पर्कविहिन हुँदा बीमाले बिलौना गर्दै आएकी थिइन् ।

एक महिनाअघि एक अन्तवार्तामा भक्कानिँदै भनेकी थिइन्, ‘म त एक वर्ष भयो, राम्रोसँग सुतेकै छैन ।’ तीन साता अघिमात्रै पनि एक अन्तवार्तामा उनले भनेकी छिन् ‘भूकम्प जाँदा जति सडकमा आएका थिए । भूकम्पले लगेको घरको त त्यहाँ जग्गा छ, छाप्रो हालेर बसिन्छ । मेरो त त्यो नि होइन् । भूकम्पले लगे म खुशी हुन्थे । मेरो त बासै हरायो, बासै छैन् ।’ उनी पछिल्ला केही महिनायता अन्तर्वार्ताको क्रममा निकै भक्कानिने गरेकी थिइन् । उनले दुई दिनअघि मात्रै पनि फेसबुकमा ‘म ठगिएपनि नेपाली जनता नठगिउन’ भनेर स्टाटस् लेखेकी छिन् । 

बीमाका पछिल्ला अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ, घर बिक्रीका क्रममा ठगिनु परेपछि उनले नेपाल छाडेर स्थायी बसोबासका लागि अमेरिका जाने निर्णय लिएकी हुन् । 

लमजुङ जिल्लाको दुराडाँडामा जन्मिएकी बीमाकुमारी तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी गीतसंगीतमा सक्रिय गायिका हुन् ।

गाउँघरमा रोधी र मेलापालमा आफ्ना दाई–दिदीहरूले झिकेका गीत छोप्दाछोप्दै गाउन सिकेको बताउने उनी एक समयकी ‘नम्बर वान’ लोकदोहोरी गायिका हुन् ।

दरबारमा समेत गीत गाएकी उनका थुप्रै गीत लोकप्रिय छन् । ‘छुट्यो मायाजाल’, ‘माझीदाइ पोखरा’, ‘जम्मु कस्मिरमा’, ‘हङकङ आइडीले’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘यो दाजुको मिर्मिर आँखा’, ‘पानसमा बत्ती बालेको’, ‘लडाइँको लाहुरे’, ‘दमौलीमा गेट’ जस्ता गीतहरू आजपर्यन्त पनि उत्तिकै चर्चित छन् । पछिल्लो समय उनका गीतहरू पहिलेजसरी भने सार्वजनिक हुने गरेका थिएनन् । यद्यपी लाइभ दोहोरीहरूमा भने उनलाई श्रोता दर्शकले हेर्न र सुन्न पाइरहेका थिए ।

लोकदोहोरी क्षेत्रमा कुनै समय चर्चामा रहेका अन्य केही कलाकारहरू यतिबेला अमेरिकामा छन् । केही महिनाअघि मात्रै पनि चर्चित मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका पुगेकी थिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x