×

NMB BANK
NIC ASIA

डीआईजी बढुवाको कसरत

१७ डीआईजीका लागि २७ एसएसपीको दौडधूप, को–को छन् मुख्य दाबेदार ?

जेठ १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भर्खरै अवकाश पाएका आईजीपी शैलेश थापा क्षेत्रीसँगै एआईजीहरू र डीआईजीहरू अनिवार्य अवकाशमा गएसँगै एआईजी र डीआईजीहरूको पद खालि भएको छ । जेठ ९ गते डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने सिफारिस गृहमन्त्रालयले गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा उजुरी नपरेको खण्डमा १६ गते एआईजीमा बढुवा भएर ५ जनाले फुली लगाउनेछन् । त्यस लगत्तै रिक्त पदमा सरकारले बढुवा गर्ने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार सरकारले १७ गते नै खालि भएका १७ वटा पदमा डीईजीहरू बढुवा गर्ने तयारी गरेको छ । २० वटा दरबन्दी रहेको डीआईजीमा मुकुन्दराज आचार्य, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ मात्र बाँकी रहनेछन् । अन्य १७ पदमा पदपूर्ति गर्नुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

२०५१ चैत ५ गते नियमितमा ६० जना र २०५२ भदौ १९ मा ४० जना वैकल्पिक प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट यसपालि डीआईजी हुने छन् । सरकारले प्रहरी उपरीक्षक (एसपी)बाट २०७५ फागुन ६ गते १३ जनालाई एसएसपीमा बढुवा गरेको थियो । 

त्यसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्त कुँवर र भीमप्रसाद ढकाललाई बढुवा गरेको थियो । 

त्यसपछि २०७७ वैशाख १७ गते जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी राजेशनाथ बास्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञ विनोद पोखरेल र चन्द्र कुवेर खापुङ बढुवा भएका थिए । त्यसपछि अरू २०७७ माघ १० मा ९ जना बढुवा भएका थिए ।

यसपालिका सरकारले २०७५ फागुन ६ र २०७७ वैशाख १७ मा एसएसपीमा बढुवा भएकालाई मात्र बढुवा गर्ने देखिन्छ । स्रोतलाई आधार मान्ने हो भने गृह मन्त्रालय २०७५ मा बढुवा भएका १३ लाई नछुटाई बढुवा गर्ने मनस्थितिमा देखिन्छ तर बालुवाटार भने छुटाएर पछि बढुवा भएकाबाट माथि ल्याउने मनस्थितिमा देखिएको छ । यदि सरकारले ०७५ मा बढुवा भएका १३ जनालाई बढुवा गरेको खण्डमा ०७७ बाट ४ जना माथि आउनेछन् । 

एक नम्बर डीआईजी हुने प्रतिस्पर्धा

सरकारले यसभन्दा अगाडि ३ जना डीआईजी खाली हुँदा बढुवा नगरेर अहिले १७ जना खाली भएपछि बढुवा गर्न थालेपछि पहिलो को हुने भन्ने प्रतिस्पर्धा देखिएको छ । सरकारले हालका आईजीपी धिरजप्रताप सिंह, वसन्त पन्त (अवकाश प्राप्त एआईजी) र रवीन्द्र धानुक (हाल एआईजी)लाई एआईजीमा बढुवा गरेपछि ३ डीआईजी खाली थियो । चुनाव नजिकिएको र शैलेश थापा क्षेत्रीसहितको टोली वैशाख १९ मा अवकाश जाने भएकाले सरकारले चुनाव अगाडि बढुवा गरेको थिएन । 

तर चुनाव सकिएलगत्तै रिक्त रहेका एआईजीमा बढुवा सिफारिस गरेसँगै डीआईजीमा बढुवा हुने प्रतिस्पर्धा देखिएको हो । अहिले सत्तारुढ दल निकटका एसएसपीहरू पहिलो नम्बर को हुने भन्ने प्रतिस्पर्धा गरिरहेका छन् । सरकार निकट नभएका एसएसपीहरू को नछुट्ने हो भन्ने चिन्तामा छन् ।

स्रोतलाई आधार मान्ने हो भने, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपीहरू उमेशराज जोशी, रामदत्त जोशी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवर, दीपक थापा र अशोक सिंह पहिलो हुने प्रतिस्पर्धामा छन् । 

प्रधानमन्त्री देउवा निकट मानिएका उमेशराज जोशी पहिलेदेखिनै पहिलो नम्बरमा डीआईजी हुने चर्चा चलेको थियो । तर पछिल्लो समयमा त्यो चर्चा सेलाएको छ । उनलाई ट्राफिकको प्रमुख हुँदा देखाउने गरी काम गरे पहिलो नम्बरमा बढुवा गर्न सजिलो हुने आकलन गर्दै पोस्टिङ दिइएको थियो । तर उनले त्यो अनुपातमा काम देखाउन नसकेकाले पहिलो नम्बरबाट झरेको स्रोतले लोकान्तरलाई बतायो । 

एसएसपी अशोक सिंह र सुदिप गिरी प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भएकाले पहिलो नम्बरमा पर्नसक्ने आकलन केहीले छन् । तर पछिल्लो समयमा अपराध अनुसन्धान कार्यालयमा राम्रो काम गरेर देखाएकाले पहिलो नम्बरमा कुँवरको पनि दाबेदारी बलियो बन्दै गएको गृह स्रोतको बुझाइ छ ।

सरकार निकटका एसएसपीहरू अघिल्लो सरकारले अन्यायको गरेकालाई माथि ल्याउनुपर्ने लबिङमा लागेका छन् । 

अहिले बढुवा हुने डीआईजीका टप ५ प्रतिस्पर्धीहरू २०७९ चैत ११ पछि प्रहरी महानिरीक्षक (आईजीपी) हुने बाटो तय हुने भएकाले डीआईजी बढुवालाई महत्त्वका साथ हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x