×

NMB BANK
NIC ASIA

कर घटाएर उपभोक्तालाई सहुलियतमा इन्धन दिने सरकारको निर्णय

जेठ १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने निर्णय गरेको छ । 

Muktinath Bank

१० जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले कर घटाएर उपभोक्तलाई सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बडूले शुक्रवार संसद बैठकमा सम्बोधन गर्दै कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले तयारी गरिरहेको पनि बताएका छन् । कति कर घटाउने भन्ने विषयको टुंगो अर्थ मन्त्रालयले लगाउने पनि उनले बताए ।


Advertisment
Nabil box
Kumari

आयल निगम चालू आर्थिक वर्षको १० महिनामा नै ४७ अर्ब रूपैयाँ घाटामा गएको छ । निगमले भारतीय आयल निगमलाई २२ अर्ब ४० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि मन्त्री बडूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

निगमको घाटा कम गर्न तथा यसको अल्पकालीन तथा दीर्घकालीन विकल्प र व्यवसाय विविधीकरणसहितको विषयमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एक उच्चस्तरीय अध्ययन समिति समेत बनाएको छ ।

समितिमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहितका सचिवहरू रहने पनि मन्त्री बडूले जानकारी दिए । उक्त समितिले गरेको अध्ययन र सिफारिशका आधारमा निगमको व्यापार विविधीकरण र घाटा कम गर्ने विकल्प खोजिने भएको छ ।

पेट्रोलियम पदार्थमा सरकारले विभिन्न प्रकारका शुल्क तथा कर लगाउने गरेको छ ।

सरकारले पेट्रोलमा ६३.२३ रूपैयाँ र डिजेलमा ४५.९१ रूपैयाँ र ग्यासमा ३०० रूपैयाँभन्दा बढी कर लिइरहेको छ ।

सरकारले लिने यस्तो कर भन्सार शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, मूल्य अभिवृद्धि कर र मूल्य स्थिरीकरण कोषको शुल्क गरेर लिने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x