माघ १६, २०७९
माघ १६ गते आज शहीद दिवस मनाइँदैछ । यो दिवस प्रत्येक वर्ष आजकै दिन मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन कुर्बान गर्ने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस...
चितवन | जेठ १३, २०७९
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले शुक्रवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।
उनले भने, ‘गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित बनेको गुनासो रहेको छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।’
स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।
देशमा दीगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्यांकनबाट मात्रै सम्भव हुने बताए । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीहरूले छायाँ सरकारको रूपमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेसले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।’ ५ वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।
माघ १६ गते आज शहीद दिवस मनाइँदैछ । यो दिवस प्रत्येक वर्ष आजकै दिन मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन कुर्बान गर्ने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस...
काठमाडौँ । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् । मुख्य मन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।&nbs...
नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उ...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सूचनाको हकसम्बन्धी कानुनलाई सरकारले कमजोर पारेको आरोप लगाएका छन्। आइतबार सामाजिक सन्जालमार्फत नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर प...
रवि लामिछाने फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन्। पार्टीलाई उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको हो। आज (आइतबार) जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका थिए। आजै उनल...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि बस्न लागेको हो । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले राष्ट्रपति चयनबारे...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...