असार १६, २०७९
पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरबाट साइबर अपराधका गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१७ स्थित बैदाम...
म्याग्दी | जेठ १४, २०७९
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो ।
विक्रम संवत् २०६५ सालमा ट्रयाक खुलेको ७ किलोमिटर दूरीको सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो शुरू भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकल समेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ । सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन्, न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ । सडक मर्मत गर्न हालसम्म करीब १ करोड रुपैयाँ खर्च भइसकेको भए पनि सडकको अवस्था भने खराब हुँदै गइरहेको स्थानीयको गुनासो छ ।
अहिलेसम्म ट्रयाक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताए ।
‘साना सवारीसाधन वर्षका ४ महिना मात्र मुस्किलले सञ्चालन हुन्छन्, यो सडकबाट न कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक,’ थापाले भने, ‘मर्मत र स्तरोन्नतिका लागि १ करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरे पनि अलिअलि पानी पर्दा मोटरसाइकल समेत गुडाउन सकिँदैन ।’
सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीयको भनाइ रहेको छ ।
निवर्तमान वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए । सडकको स्तरोन्नतिलाई ठूलै बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरबाट साइबर अपराधका गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१७ स्थित बैदाम...
प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोयविरुद्ध वादेको मुद्दामा स्थापित गरेको नजीरलाई उल्ट्याउन गरेको फैसलाको घोर भत्र्सना गरेको छ । समू...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा बिहीवार आयो...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन् । निजगढ सार्वजनिक सरोकार समिति र निजग...
लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका जनजाति समुदायद्वारा उत्पादन हुने पेय पदार्थ (रक्सी) को ब्राण्डिङ गरी बजारमा पठाउने तयारी थालेको छ । सरकारले स्थानीयलाई रोजगारी दिँदै आर्थिक सबलीकरण गर्न सकिने भन्दै लोकल...
नवनियुक्त राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाण पत्र पेश गरेका हुन् । उनले राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहमा ओहदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । &n...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...