×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

‘एक्सन’मा काठमाडौंका मेयर बालेन

जेठ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रम लिएर हामी उपस्थित भएका छौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागि पर्ने उद्घोष गरेका छन् । 

Muktinath Bank

शुक्रवार बिहान निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकाको मेयरमा निर्वाचित भएको प्रमाणपत्र दिएसँगै मेयर बालेन साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउनका लागि सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।
उनले भने,‘काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउनका लागि सहकार्य गरेर अगाडि बढ्नेछौँ भन्ने विश्वास लिएको छु ।’​ बालेनलाई मेयरका प्रत्यासीहरु केशव स्थापित, सिर्जना श्रेष्ठसहित विभिन्न दलका नेताहरुले बधाई तथा शुभकामना दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह ‘एक्सन’ मा उत्रिएका छन् । उनी शुक्रबार राजधानीको फोहोर व्यवस्थापन हुने सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । 


Advertisment
Nabil box
Kumari

उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।
००००
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावलाई स्वीकृति दिएको र यसको कार्यान्वयनको लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

सरकारले पेट्रोलियम पदार्थमा लिइरहेको यस्तो करलाई कति घटाउने र कुन–कुन विषयमा कर कम गरेर उपभोक्तालाई राहत दिने भन्ने औपचारिक घोषणा भने १५ जेठको बजेटबाटै हुने भएको छ ।
सरकारले यसअघि पनि बजेटबाटै थप गरेको करलाई यो वर्षको बजेटले कर घटाउने विषयलाई सम्बोधन गर्ने भएको छ । पेट्रोलियम पदार्थमा घट्ने कर आयल निगमलाई प्रतिलिटर जति घाटा छ त्यति नै घटाउने विषयमा अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको छ ।

निगमलाई घाटामा हुँदा कर नलिने र नाफा भएको बेला कर लिने गरी निर्णय आउन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । उनले कति कर घट्छ भन्ने विषयमा अब २ दिन धैर्य गर्न पनि अनुरोध गरे । आयल निगम घाटामा भए पनि सरकारले विभिन्न प्रकारका शुल्क तथा कर लगाउने गरेको छ ।
००००
पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।
बिहीवार सर्वोच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
००००
प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेको आरोपमा रौतहट घर भई धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
००००
व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् ।
००००
चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो ।
टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रेनुको टाउकोमा चोट लागेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।  
००००
आगामी आर्थिक वर्षको बजेट आउने साताको अन्तिम दिनको कारोबारमा शेयर बजार १५.८२ अंकले घटेको छ ।  चुनावी परिणाम करीब सकिएको र आगामी आर्थिक वर्षको बजेट तयारी भइरहँदा शुक्रवार भएको शेयर कारोबार ०.७१ प्रतिशतले घटेर २२२३.७८ बिन्दुमा झरेको छ ।
००००
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्रबाट मेयर लडेका दीपकराज जोशीले पुनः मतगणनाका लागि दिएको मुद्दामा उच्च अदालत पोखराले निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय ऋषिराज भण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शुक्रबार उक्त आदेश गरेको हो ।
००००
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले असंसदीय शब्द संसदको रेकर्डबाट हटाइएको छ ।  शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको वक्तव्य दिने क्रममा उद्योग मन्त्री बडूले बोलेको विषयलाई लिएर एमालेले आपत्ति जनाएको थियो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रम प्रयोग गरी सरकारले नेपाल आयल निगम निजीकरण गर्न लागेको भनेर जनतालाई भ्रमित गर्न खोजेको भन्दै बडूले आपत्ति जनाएका थिए । 
ओलीको अभिव्यक्ति कुण्ठा र रोदन भएको भन्दै मन्त्रीले दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाउँदै संसद् अवरोध गरेको थियो ।
००००
रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो ।

आगलागीबाट लु २ ख २६५६ नम्बरको ट्यांकर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । आगलागीबाट ट्यांकरका हेल्पर तिलोत्तमा नगरपालिका ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएको उनले बताए । उनको हात र खुट्टा जलेको छ ।
००००
काठमाडौं महानगरपालिकाको उपप्रमुखमा विजयी सुनिता डंगोलले मतदाताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । एक धन्यवाद वक्तव्य जारी गर्दै शुक्रवार उनले आफूलाई दिएको हरेक मतलाई आफ्नो अठोट पूरा गर्ने बलियो सहाराको रुपमा लिएको बताएकी हुन् ।
००००
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x