कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सरस्वती दर्लामी (चिदी) पाल्पाको बगनासकाली गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित चिदी लुम्बिनी प्रदेशकै एक्ली गाउँपालिका अध्यक्ष हुन् ।
स्थानीय तह निर्वाचनबाट लुम्बिनी प्रदेशमा २ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती ।
हल्की, निडर र शालिन व्यक्तित्वको रूपमा स्थापित सरस्वती यसअघि गाउँपालिकाको उपाध्यक्ष थिइन् । उनीसँग नेतृत्व क्षमता अद्भूत छ । समयसँगै आफूलाई सदाबहार बनाउन सक्ने प्रशस्त खुबी उनीसँग रहेकाले पार्टीले उनलाई अध्यक्षमा अगाडि सारेको एमाले पाल्पाका नेताहरू बताउँछन् ।
जुझारूपन, आत्मविश्वास, आँट र क्षमता ४० वर्षीया चिदीमा झल्किन्छ । अध्यक्ष चुनिएकी उनले ५ वर्ष उपाध्यक्ष भएर काम गरेकाले नेतृत्वमा आउने चाहना राखेकी थिइनन् । उनको जीत पाल्पाका लागि मात्र होइन, लुम्बिनी प्रदेशकै लागि फरक तस्वीर हो ।
उनीभन्दा ‘सिनियर’ नेताहरू बगनासकालीमा थिए । एक कार्यकाल उपाध्यक्ष भएर चलाइसकेपछि अरूले पनि अवसर पाउनुपर्छ । अरूलाई पालो दिने र आफू बाहिर बसेर सघाउँछु भनेर पटक–पटक पार्टीमा कुरा राखिन् उनले । सबै कार्यकर्ता र नेताहरूले ‘तपाईं नै अध्यक्ष हुनुपर्छ’ भनेपछि उनले त्यसलाई स्वीकार गरेर अगाडि बढिन् ।
यसअघि अध्यक्ष कांग्रेसले जितेको पालिकामा त्यसलाई ‘काउन्टर’ दिँदै गाउँपालिका हाँक्न सक्षम देखेपछि पार्टीले उनलाई अगाडि सारेको छ ।
‘अवसर पाएपछि जो कोहीले पनि समाज र देशका लागि नेतृत्व गर्न सक्छ । त्यो अवस्था मलाई पनि आयो,’ सरस्वतीले भनिन् । जनताको अथाह मायाले आफू निर्वाचित भएको उनी बताउँछिन् । पालिकाका शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, महिला अधिकारका मुद्दा उनको प्राथामिकतामा छन् ।
निर्वाचनमा उनको प्रतिस्पर्धी पनि महिला नै भइन् । नेपाली कांग्रेसकी सुनीता अधिकारीलाई ८३३ मतान्तरले पराजित गरिन् उनले । यसअघि २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेको कांग्रेस यसपटक पराजित भयो ।
चिदीले ६ हजार ४६६ मत ल्याउँदा कांग्रेसकी अधिकारीले ५ हजार ६३३ मत मात्र ल्याइन् । उपाध्यक्षमा पनि एमालेकै हरि पाठक निर्वाचित भएका छन् । ९ वडा रहेको पालिकामा ६ वडामा एमाले विजयी भएर सरस्वतीले सहज रूपमा काम गर्न बहुमत पाएकी छन् ।
चुनावमा उनले धेरै पैसा खर्च गरिनन् । अतिआवश्यक झण्डा, व्यानर, पर्चा–पम्पलेट र सामान्य हिँड्दा कार्यकर्तालाई खाना–नास्ताबाहेक अरु खर्च नगरेको उनले बताइन् ।
चुनावमा नेताहरू पैसा बाँड्छन् भन्ने सुनिए पनि आफ्नो गाउँमा त्यस्तै नभएको उनी बताउँछिन् । उनले आफ्नो चुनावमा थोरै खर्च भएको बताइन् । ‘हिसाब त गर्ने बाँकी छ । ठ्याक्कै धेरै भएको छैन,’ उनी भन्छिन् ।
बगनासकालीमा दलहरूको प्रतिस्पर्धा सद्भावपूर्ण र स्वस्थ भयो, र्याली र प्रचारप्रसारमा पनि कसरी जाने, कुन वडामा को जाने भनेर सल्लाह गरेर नजुध्ने गरी प्रचार गरे । ‘प्रचारप्रसारमा पनि भीडभाड हुने ठाउँमा सल्लाह गरेर आज हामी यता जान्छौं, हजुरहरू अर्को टोल र गाउँतिर जानुहोस् भनेर सल्लाह अनुसार अगाडि बढियो । राजनीतिक सहमति र सहकार्य गरेर चुनावी प्रचारप्रसार गरियो,’ चिदीले भनिन् ।
चिदीको जन्म विक्रम संवत् २०३८ मंसिर २० गते अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको हो । २०५६/०५७ मा क्याम्पस पढ्दा अनेरास्ववियू सदस्य बनेकी थिइन् उनी । उनले पाणिनी बहुमुखी क्याम्पसमा उच्च शिक्षा लिएकी हुन् । उनको विवाह २०५९ सालमा भयो । त्यसपछि राजनीतिक क्षेत्रमा निष्क्रिय भइन् ।
सामाजिक क्षेत्रमा काम गर्न थालिन् उनी । विभिन्न संघसंस्था र सहकारी, वडा नागरिक मञ्च, महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरिन् उनले । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा पार्टीको गाउँ कमिटी सदस्य बनेर पालिका उपाध्यक्ष बनेकी थिइन् उनी । उनी अनेम संघ पाल्पाकी उपाध्यक्ष पनि भइन् । अहिले अनेम संघको प्रदेश सदस्य र एमाले जिल्ला कमिटी सदस्य छिन् । १ छोरा र १ छोरीकी आमा सरस्वतीका पति सेवानिवृत्त भारतीय सेना हुन् ।
‘हाम्रो गाउँपालिका विभिन्न सम्भावना भएको गाउँपालिका हो । हामीले गाउँपालिकाको आवश्यकता र समस्या पहिचान गरिसकेको हुनाले ५ वर्षमा सबैसँग सहकार्य गरेर नमूना पालिका बनाउनेछौं,’ चिदी भन्छिन् ।
उनले लक्षित वर्गको आर्थिक विकास, सामाजिक विकास र सशक्तीकरणमा मुख्य जोड दिने बताएकी छन् । गाउँपालिकामा खानेपानीको चरम अभाव छ । यहीँ कार्यकालभित्र कालीगण्डकी नदीबाट ‘लिफ्टिङ’ कार्यक्रमअन्तर्गत एक घर एक धारा शुद्ध खानेपानी वितरण गर्ने योजना बनाएको उनले सुनाइन् ।
‘गाउँपालिकामा खानेपानीको मूलको अभाव छ । पानीलाई शुद्धीकरण गरेर शुद्ध पिउने खानेपानी जनतालाई पुर्याउँछौं,’ उनी भन्छिन् ।
‘कृषि, पशुमार्फत र युवा स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्ने, एकल महिला र एकल महिलाभित्र पनि युवा एकल महिला र विपन्न एकल महिलाहरूलाई आर्थिक आर्यआजनका लागि सीपमूलक तालिमहरू सञ्चालन गरेर व्यावसायिक बनाउँछौं,’ अध्यक्ष चिदीले भनिन् ।
गाउँपालिका बालमैत्री, पूर्ण र संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेको छ । यसलाई पूर्ण कार्यान्वयनको निरन्तरता दिनुपर्ने दायित्व पालिकालाई छ ।
पूर्वाधार विकासको क्षेत्रमा गाउँपालिकाका ९ वटै वडासम्म जोड्ने सडकहरू धुलो र हिलाम्मे छन् । सबै सडकहरू स्तरोन्नति गर्ने, मूल बाटोहरू कालोपत्रे गर्न प्रदेश र संघसँग पालिकाले समन्वय र पहल थाल्ने योजना बनाएको छ । त्यसका लागि जिल्लाबाट केन्द्र र संघमा प्रतिनिधित्व गर्ने नेता र सांसदहरूसँग पनि छलफल र समन्वयको काम चिदीले अगाडि बढाउँदैछिन् ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य भर्खरै शुरू भएको छ । भवनलाई सम्पन्न गरेर पायक पर्ने ठाउँबाट सेवा प्रवाह गर्ने, सबै सेवाहरू विकेन्द्रित गर्दै गाउँ, वडा र बस्तीसम्मै पुर्याइने उनले बताइन् । गाउँपालिकाको आवधिक योजना हालसम्म बनेको छैन, आवधिक योजना बनाउने कामलाई पनि पालिकाले प्राथमिकतामा राखेको छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...