असार २०, २०७९
आर्थिक वर्ष २०७९/०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो। सोमवार बसेको प्रतिन...
काठमाडाैं | जेठ १४, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा गर्न आफूहरू सफल भएको बताएका छन् ।
शनिवार संसदमा बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘हाम्रो प्रयासबाट संविधानको रक्षा भएको छ ।’
उनले यसअघि २ पटकसम्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्न खोजेको संसदलाई बचाएको र संविधानको रक्षा गरेको उल्लेख गरेका छन् । लामो समयदेखि जारी संसदको अवरोध हटाएर नियमित रूपमा चल्न दिएकोमा प्रमुख प्रतिपक्षीलाई प्रधानमन्त्री देउवाले धन्यवाद पनि दिए ।
देशभर एकैपटक निर्वाचन गर्न सक्नुलाई उनले अहिलेको सरकारको सफलता भएको बताए । चुनाव सकेर निर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले अर्थतन्त्रको सकारात्मक बाटोतर्फ लैजान सक्ने पनि उनले बताए । कोभिड-१९ को महामारीपछि अर्थतन्त्र सामान्य हुँदै गएको भए पनि युक्रेन-रसिया युद्धले नेपाली अर्थतन्त्रमा बाह्य चाप परेको उनले बताए ।
'नीति तथा कार्यक्रमले हालसम्मको प्राप्त उपलब्धिलाई संरक्षण गर्दै थप आर्थिक स्थायित्वतर्फ केन्द्रित भएको छ,' उनले भने, 'कार्यक्रमले तरलता व्यवस्थापनमा विशेष ध्यान दिएको छ भने सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।'
आर्थिक वर्ष २०७९/०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो। सोमवार बसेको प्रतिन...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । सोमवा...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गरिरहेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले सम्वोधन गरिरहेका छन् । दिउसो झण्डै साढे १ बजेबाट सम्वोध गरेका ओलीले स...
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ। आइतवारदेखि शुरू भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू आफ्नो धारणा राखेका छन्। आइतवार अध्यक्ष पुष्पकमल दाहाल...
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मतले सोमवार पारित गरेको छ । उपमहानगरपालिकाको स...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...