कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शीर्षनेता तथा विज्ञहरूबीच छलफल भएको छ ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य रोक्न सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री किसान श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, मन्त्रालयका सचिवलगायत विज्ञहरूका बीचमा छलफल भएको हो ।
उक्त छलफलका क्रममा विज्ञहरूले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुःखद् भनी टिप्पणीसमेत गरिएको थियो । छलफलका क्रममा सहभागीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न सर्वोच्चले गरेको फैसलामा पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभएको छलफलमा सहभागीमध्येका एक विज्ञ तथा पूर्व हवाई विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताए ।
उनले भने, “सर्वोच्चको फैसला आकस्मिकरूपमा आएको छ, फैसला लिखितरूपमा आएको छैन, बाहिर आएजस्तो हल्ला सही हो भने त्यो राम्रो भएन । जङ्गल नै नभएको ठाउँमा जङ्गल भएको दाबी गरिएको र सोही आधारमा फैसला गर्नु राम्रो होइन ।”
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौँ वर्षदेखि मेहेनत भई सरकारको अर्बौँ रकम खर्च भएकाले अहिले आकस्मिक लाग्ने गरी सर्वोच्चबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नु हुँदैन भन्ने फैसला आउनु दुःखद् भएको उक्त छलफलमा सहभागीहरूको निष्कर्ष थियो । विकास गर्ने क्रममा केही विनास पनि हुने भएकाले राज्य र नागरिकलाई फाइदा हुने कुरामा विनासमात्रै भएको भन्नेतर्फ कसैले पनि ध्यान केन्द्रित गर्न नहुने सहभागीहरूको सुझाव थियो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...